बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

बझाङमा कांग्रेसको अग्रता, एमाले पछ्याउँदै

सोमबार, १७ वैशाख २०८१, ०७ : ५४
सोमबार, १७ वैशाख २०८१

बझाङ । बझाङ क्षेत्र १ अन्तरगत प्रदेश सभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । २१ हजार ७४२ मत गन्दा नेकपा एमालेलाई उछिन्दै नेपाली कांग्रेसले अग्रता बनाएको छ ।

नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ८ हजार २२७ मत ल्याएर शीर्ष स्थानमा छ । उनलाई एमालेका दमनबहादुर भण्डारीले ७ हजार ९७४ मत ल्याउँदै पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ३३ मत ल्याएका छन् । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १७१ मत ल्याएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप