निःशुल्क शिविरमा १८३ जनाको आँखा परीक्षण, ८३ जनाको अपरेसन
बुधबार, २७ मङ्सिर २०८०, ०८ : ५८
रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिकामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। पालिकाकी उपमेयर शिला देवीले आँखा शिविरको विधिवत् रूपमा उद्घाटन गरेकी थिइन्।
नेपाल नेत्र ज्योति सङ्घ आँखा अस्पताल गौर –८ पुरेनवाद्वारा दुर्गा भगवती ४ पचरुखी वडा कार्यालयमा आयोजित निःशुल्क आँखा शिविरमा कुल १८३ जना बिरामीको आँखा परीक्षण गरिएको थियो। सो मध्ये ८३ जना बिरामीको आँखामा मोतिया बिन्दु रोग ठहर भएको चिकित्सकले बताएका छन्।
मोतीबिन्दु ठहर भएका सबै बिरामीलाई आज आँखा अस्पताल पुरेनवा लागेर अन्य आवश्यक जाँच पश्चात् बिहीबार निःशुल्क आँखाको अप्रेसन गरिने योजना रहेको दुर्गा भगवती गाउँपालिका वडा ४ का अध्यक्ष रामानन्द यादवले जानकारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
-
मेक्सिको विश्वकप २०२६ को नकआउट चरणमा पुग्ने पहिलो टोली
-
‘भागदौड’को टिजरमा वैदेशिक रोजगारी र सहकारी ठगीको कथा
-
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
-
पत्रकार महासङ्घ युकेमा थपिए सल्लाहकार, १५ औँ स्थापना दिवस भव्य रूपमा मनाइने
-
पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण