आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
गीत

म आत्मामा विश्वास राख्ने मान्छे...

बुधबार, २७ मङ्सिर २०८०, १० : ३०
बुधबार, २७ मङ्सिर २०८०

आउँछु म फर्केर फेरि लिएर अर्को जन्म 
सधैँलाई तिम्रो हुन, तिमीलाई आफ्नो बनाउन
म आत्मामा विश्वास राख्ने मान्छे
म आत्मामा विश्वास राख्ने मान्छे 

तिमी जङ्गली फूल भै कतै फुलिरहनू
म बतास बनी तिमीलाई भेट्न आउँला 
तिमी झरना बनी कतै झरिरहनू
म इन्द्रेणी बनी  तिमीलाई भेट्न आउँला 
सँगै जिउन नपाउँदा अधुरा छुटिगएका 
तृष्णाहरू मेट्न आउँला, तृष्णाहरू मेट्न आउँला
मर्दिनँ म एउटै मृत्युले, जाने छैन म यति छिटो
भुल्दिनँ म तिम्रो मायालाई अनि सम्झना मिठो मिठो
म आत्मामा विश्वास राख्ने मान्छे...

तिमी छाया बनी कतै अल्झिरहनू 
म अँधेरी रात बनी तिमीलाई भेट्न आउँला 
तिमी अदृश्य दीप भै जलिरहनू
म रहस्य धुन बनी तिमीलाई भेट्न आउँला 
सँगै जिउन नपाउँदा अधुरा छुटिगएका 
तृष्णाहरू मेट्न आउँला, तृष्णाहरू मेट्न आउँला 
थाहा छ मलाई यात्रा कठिन छ तर छुट्दिनँ यति छिटो 
भुल्दिनँ म तिम्रो मायालाई अनि सम्झना मिठो मिठो
म आत्मामा विश्वास राख्ने मान्छे.... ।

(कोरोना महामारीमा आफ्नो प्रेम गुमाउनेहरूप्रति समर्पित ।)

काठमाडौँ 
हाल लिज्बोन, पोर्चुगल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निलम वाङ्सफायर
निलम वाङ्सफायर
लेखकबाट थप