म आत्मामा विश्वास राख्ने मान्छे...
आउँछु म फर्केर फेरि लिएर अर्को जन्म
सधैँलाई तिम्रो हुन, तिमीलाई आफ्नो बनाउन
म आत्मामा विश्वास राख्ने मान्छे
म आत्मामा विश्वास राख्ने मान्छे
तिमी जङ्गली फूल भै कतै फुलिरहनू
म बतास बनी तिमीलाई भेट्न आउँला
तिमी झरना बनी कतै झरिरहनू
म इन्द्रेणी बनी तिमीलाई भेट्न आउँला
सँगै जिउन नपाउँदा अधुरा छुटिगएका
तृष्णाहरू मेट्न आउँला, तृष्णाहरू मेट्न आउँला
मर्दिनँ म एउटै मृत्युले, जाने छैन म यति छिटो
भुल्दिनँ म तिम्रो मायालाई अनि सम्झना मिठो मिठो
म आत्मामा विश्वास राख्ने मान्छे...
तिमी छाया बनी कतै अल्झिरहनू
म अँधेरी रात बनी तिमीलाई भेट्न आउँला
तिमी अदृश्य दीप भै जलिरहनू
म रहस्य धुन बनी तिमीलाई भेट्न आउँला
सँगै जिउन नपाउँदा अधुरा छुटिगएका
तृष्णाहरू मेट्न आउँला, तृष्णाहरू मेट्न आउँला
थाहा छ मलाई यात्रा कठिन छ तर छुट्दिनँ यति छिटो
भुल्दिनँ म तिम्रो मायालाई अनि सम्झना मिठो मिठो
म आत्मामा विश्वास राख्ने मान्छे.... ।
(कोरोना महामारीमा आफ्नो प्रेम गुमाउनेहरूप्रति समर्पित ।)
काठमाडौँ
हाल लिज्बोन, पोर्चुगल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण