बागमती नदी किनारमा ठुलो परिमाणमा ढुङ्गा भण्डारण, सम्बन्धित निकाय मौन
रौतहट । रौतहटको उत्तरीभेग चन्द्रपुर नगरपालिका–१ स्थित बागमती नदी किनारामा ठुलो परिमाणमा ढुङ्गा उत्खनन् गरी भण्डार गरेको पाइएको छ ।
चन्द्रपुर नगरपालिकाले बागमती नदीको ठेक्का नलगाएको अवस्थामा अवैध रुपमा उत्खनन् गरेर ढुङ्गा भण्डारण गरिएको हो ।
अवैध रुपमा बागमती किनाराको दोभान सामुदायिक वन क्षेत्रभित्र भण्डारण गरिएको सयौँ घनमिटर ढुङ्गा सम्बन्धित निकायले नियन्त्रणमा लिनुपर्ने स्थानीय बासिन्दा बताउँछन् । ढुङ्गा संकलनकर्ताहरुले विभिन्न स्थानमा लगि बिक्री वितरणसमेत गर्दै आए पनि नियमनकारी निकाय जिल्ला समन्वय समिति लगायतको ध्यान त्यसतर्फ नपुगेको सरोकारवाला बताउँछन् ।
डिभिजन वन कार्यालय रौतहटका सहायक वन अधिकृत राजेश साहले अवैध रुपमा बागमतीमा उत्खनन् गरेर भण्डार गरी राखेको ढुङ्गाको विषयमा आफूहरुले अनुसन्धान अगाडि बढाएको जानकारी दिए ।
यद्यपि ढुङ्गा, गिट्टी, बालुवाजस्ता नदीजन्य पदार्थको नियमन गर्ने, कारबाही गर्ने अधिकार जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयसँग मुख्य रुपमा रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण