मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती नदी किनारमा ठुलो परिमाणमा ढुङ्गा भण्डारण, सम्बन्धित निकाय मौन

बुधबार, २७ मङ्सिर २०८०, १३ : ३७
बुधबार, २७ मङ्सिर २०८०

रौतहट । रौतहटको उत्तरीभेग चन्द्रपुर नगरपालिका–१ स्थित बागमती नदी किनारामा ठुलो परिमाणमा ढुङ्गा उत्खनन् गरी भण्डार गरेको पाइएको छ ।

चन्द्रपुर नगरपालिकाले बागमती नदीको ठेक्का नलगाएको अवस्थामा अवैध रुपमा उत्खनन् गरेर ढुङ्गा भण्डारण गरिएको हो ।

अवैध रुपमा बागमती किनाराको दोभान सामुदायिक वन क्षेत्रभित्र भण्डारण गरिएको सयौँ घनमिटर ढुङ्गा सम्बन्धित निकायले नियन्त्रणमा लिनुपर्ने स्थानीय बासिन्दा बताउँछन् । ढुङ्गा संकलनकर्ताहरुले विभिन्न स्थानमा लगि बिक्री वितरणसमेत गर्दै आए पनि नियमनकारी निकाय जिल्ला समन्वय समिति लगायतको ध्यान त्यसतर्फ नपुगेको सरोकारवाला बताउँछन् ।

डिभिजन वन कार्यालय रौतहटका सहायक वन अधिकृत राजेश साहले अवैध रुपमा बागमतीमा उत्खनन् गरेर भण्डार गरी राखेको ढुङ्गाको विषयमा आफूहरुले अनुसन्धान अगाडि बढाएको जानकारी दिए ।

यद्यपि ढुङ्गा, गिट्टी, बालुवाजस्ता नदीजन्य पदार्थको नियमन गर्ने, कारबाही गर्ने अधिकार जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयसँग मुख्य रुपमा रहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप