धान आयातमा पहल गर्न उद्योगीले घचघच्याए सरकार, चामलको मूल्य बढ्ने चेतावनी

काठमाडौँ । भारत सरकारसँग धान उपलब्ध गराइदिन सरकारले पहल गर्नुपर्ने भन्दै उद्योगीले उच्चस्तरीय भेटघाट गरेका छन् । नेपाल चामल तेल दाल उद्योग सङ्घले भारतसँग धान उपलब्ध गराइदिन पहल गर्न स्मरण गराउँदै प्रधानमन्त्री र उद्योग मन्त्रीसहित उच्चस्तरीय भेटघाट गरेको हो ।
सङ्घका अनुसार वर्षभरिका लागि कम्तीमा पनि लगभग १० लाख मेट्रिक टन मसिनो धान अपुग हुने बताएको छ । भन्सार छुट सुविधामा १० लाख मेट्रिक टन धान उपलब्ध गराई दिन नेपाल सरकारले साउन १९ गते भारतलाई पत्र पठाएको थियो ।
परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावास हुँदै पठाइएको पत्रअनुसार भारते धान उपलब्ध गराएको छैन । सरकारको आग्रहबाट समेत भारतबाट धान आयात हुन नसक्दा भावी दिनमा नेपालमा चामलको मूल्य बढ्ने चेतावनी समेत उद्योगीले दिएका छन् ।
नेपालमा उत्पादन हुने धानले मात्र आन्तरिक माग धान्न नसक्ने सङ्घका अध्यक्ष कुमुदकुमार दुगडले बताए । उनले भारत सरकारले निकासीमा २० प्रतिशत भन्सार महसुल लगाउँदा त्यसको प्रत्यक्ष असर नेपाललाई परेको समेत बताए ।
गत वर्षको तुलनामा यस वर्ष धानको मूल्य सिजनमा नै प्रति किलोग्राम १० रुपैयाँले बढेको संघको भनाई छ ।
भारतबाट २० प्रतिशत भन्सार महसुल तिरेर धान खरिद गर्दा प्रति किलोग्राम ५० रुपैयाँ पर्ने धान भन्सार छुटमा ल्याउँदा ४२ रुपैयाँ पर्छ । यसो हुँदा धानको मूल्य प्रति किलोग्राम ८ रुपैयाँ फरक पर्छ भने चामलको मूल्यमा प्रतिकिलो १६ को फरक पर्ने सङ्घको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत र पाकिस्तानबिच एक तटस्थ स्थानमा वार्ता सुरु गर्ने सहमति
-
उपनिवेश विरुद्ध सँगै लडेका गरेका भारत र पाकिस्तान जुध्नु हुँदैन
-
भारत र पाकिस्तानबिच प्रत्यक्ष वार्तापछि सहमति
-
भारतले भन्यो– अब कुनै स्थल र हवाई आक्रमण हुँदैन
-
युद्धविराममा सहमति जनाउँदै भारत र पाकिस्तानले ‘दूरदर्शिता’ देखाए : अमेरिका
-
पाकिस्तानका विदेशमन्त्रीले भने, ‘तत्काल लागू हुने गरी युद्धविराममा सहमति भयो’