दोहोरी साँझमा आगलागी हुँदा ६० लाखको क्षति
बुधबार, २७ मङ्सिर २०८०, १७ : २२
कास्की । पोखरा महानगरपालिका-८ सृजनाचोकस्थित नैना दोहोरी साँझमा आगलागी करिब ६० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । विष्णु आचार्यको उक्त दोहोरी साँझमा विद्युत् सर्ट भई बुधबार बिहान आगलागी भएको हो ।
आगलागीबाट एसी ५ थान, मोबाइल १० थान, फ्रिज १ थान, सिसिटिभी क्यामेरा ५ थान, कम्प्युटर १ थान, साउन्ड सिस्टम १ सेट, टिभी १ थान, सोफा १५ सेट, विभिन्न ब्राण्डको मदिरा, ग्याँस गिजर १ थान, पङ्खा ४ थान लगायतका विभिन्न सरसामानहरू, नगद ५० हजार रुपैयाँ र बैंक चेक लगायत कागजात जलेर क्षति भएको हो ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण