‘सिंघम’ अभिनेता रविन्द्र बेर्डेको निधन
बुधबार, २७ मङ्सिर २०८०, १९ : ४४
मुम्बई । अजय देवगन अभिनीत फिल्म ‘सिंघम’मा समेत अभिनय गरेका मराठी अभिनेता रविन्द्र बेर्डेको निधन भएको छ । ७८ वर्षीय रविन्द्रको हृदयघातको कारण निधन भएको हो ।
उनी पछिल्लो समय क्यान्सर रोगसँग लडिरहेका थिए ।
घाटीको क्यान्सर भएका उनको धेरै समय मुम्बईको टाटा अस्पतालमा उपचार भएको थियो ।
महाराष्ट्र टाइम्सको रिपोर्ट अनुसार उनको स्वास्थ्यमा सुधार भएको कारण दुई दिन पहिले अस्पतालबाट डिस्चार्ज गरिएको थियो । बुधवार बिहान आफ्नो घरमा उनको निधन भयो ।
बेर्डेले १९६५ थिएटरबाट आफ्नो करियरको शुरुआत गरेका थिए । मराठी फिल्म उद्योगबाट अभिनय सुरु गरेका उनी त्यहाँका चर्चित अभिनेता थिए । उनले ३०० बढी फिल्म अभिनय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण