१ लाख राशीको पत्रकारिता पुरस्कार ३ पत्रकारलाई
पोखरा । १ लाख भन्दा बढी राशी रहेको कृति स्मृति पत्रकारिता वृत्ति सम्मान एकैपटक ३ जनाले पाउने भएका छन् । नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गरेको पूर्व सांसद तथा उद्योगपति स्व.सूर्यबहादुर केसीको परिवारले स्थापना गरेका उक्त पुरस्कार ३ वर्षदेखि स्थगित थियो । तीनै पुरस्कार यो वर्ष वितरण गर्न लागिएको महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले जानकारी दिइन् ।
उनका अनुसार २०७७ सालको पुरस्कार नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा.सुरेश आचार्यलाई अर्पण गर्न लागिएको छ भने २०७८ बाट नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष माधव शर्मा र २०७९ बाट महासंघ कास्कीकै पूर्व अध्यक्ष कृष्णप्रसाद बास्तोलालाई सम्मान गरिँदैछ । पुरस्कारको राशी १ लाख ११ हजार १ सय ११ रुपैयाँ छ ।
महासंघले सञ्चालन गरेको आर्थिक पत्रकारिता पुरस्कारबाट टंक अधिकारी र दिनानाथ बराल पुरस्कृत हुने भएका छन् । २०७८ को पुरस्कार अधिकारी र २०७९ को पुरस्कार बराललाई दिन लागिएको हो । पुरस्कारको राशी नगद २० हजार छ । सबै जनालाई पुस ४ गते पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुरस्कार अर्पण गर्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण