सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

१८४ अर्ब ५१ करोड सहुलियतपूर्ण कर्जा बक्यौता

बिहीबार, २८ मङ्सिर २०८०, १४ : १७
बिहीबार, २८ मङ्सिर २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा चालु आर्थिक वर्षको कात्तिक मसान्तमा रु.१ अर्ब २० करोड लगानीमा रहेको जनाएको छ ।

बैंकका अनुसार कात्तिक मसान्तमा १ लाख ४१ हजार ३ सय ६९ ऋणीलाई प्रवाह भएको रु.१८४ अर्ब ५१ करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ । यसमध्येकृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत ५८ हजार ४३ ऋणीलाई प्रवाह भएको रु.१२८ अर्ब ५५ करोड कर्जा बक्यौता रहेको । यस्तै महिला उद्यमशील कर्जा अन्तर्गत ८० हजार ७ सय ७६ महिला उद्यमीलाई प्रवाह भएको रु.५३ अर्ब २० करोड कर्जा पनि बक्यौता रहेको छ ।

 सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ५ सय ५० ऋणीको रु.२ अर्ब ७६ करोड कर्जा बक्यौता रहेको बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यस्तै “व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम प्रदान गरिएको कर्जा पनि कात्तिक मसान्तमा रु.२६ करोड ७७ लाख बक्यौता रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप