आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले अध्यक्ष ओली जन्म जिल्लाका सर्वसाधारणसँग छलफलमा

शुक्रबार, २९ मङ्सिर २०८०, १८ : ३७
शुक्रबार, २९ मङ्सिर २०८०

म्याङलुङ । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृह जिल्ला तेह्रथुमका बासिन्दासँग प्रत्यक्ष भेटघाट गरी उनीहरुका समस्याबारे जानकारी लिएका छन् । 

बैतडीको झुलाघाटबाट थालनी भएको १९ दिने सङ्कल्प यात्राका क्रममा बिहीबार गृह जिल्ला पुगेको ओली शनिबारसम्म गृहजिल्लामै रहने कार्यक्रम छ । दुई दिन तेह्रथुमका विभिन्न स्थानका जनप्रतिनिधि, नेता, कार्यकर्ता, स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट गर्दै जिल्लाका समस्या बुझ्ने कार्यक्रम जारी रहेको एमालेको कोशी प्रचार विभागका प्रमुख लक्ष्मण तिवारीले बताए ।

म्याङलुङस्थित पार्टी कार्यालयमा आज पार्टी कार्यकर्तासँग भएको भेटमा जिल्लाका समस्याबारे अध्यक्ष ओलीले जानकारी लिए । तेह्रथुम र पाँचथर जोड्ने लुबुघाटमा मोटर सञ्चालन हुने पुल १२ वर्षदेखि नबन्दा सर्वसाधारण मर्कामा परेकाले तत्काल पुल निर्माणको काम थाल्न ध्यानाकर्षणपत्र बुझाइएको छ ।

ध्यानाकर्षणपत्र बुझ्दै ओलीले देशको समृद्धिका लागि सङ्कल्प यात्रा आयोजना गरिएको बताउँदै प्रस्तुत विषयमा पार्टीभित्र गम्भीर छलफल गरी सरकारको ध्यानाकर्षण गराइने प्रतिबद्धता व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप