कामना सेवाले तिर्यो २ करोड ६२ लाख कर
आइतबार, ०१ पुस २०८०, १० : ५७
काठमाडौँ । कामना सेवा विकास बैंकले २ करोड ६२ लाख ६६ हजार ५८६ रुपैयाँ कर तिरेको छ । बैंकले एफपीओमा जारी गरेको कर र मर्जर तथा प्राप्तिबापतको कर बुझाएको हो ।
बैंकले दिएको जानकारीअनुसार साढे २ करोडभन्दा धेरै कर ठुला करदाता कार्यालयमार्फत सरकारमा बुझाएको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत मर्जर तथा प्राप्ति र एफपीओमा कर लगाउने निर्णय गरेको थियो ।
महालेखाको कार्यालयले पटक–पटक प्रश्न उठाए पनि यसबापतको कर उठाउन सरकारले सकेको थिएन । तर, बजेटमार्फत नै व्यवस्था गरिएपछि कर बुझाउनुपर्ने बैंक तथा वित्तीय संस्थाहरू अदालतको सरणमा पुगेका थिए ।
अदालतले समेत सरकारकै पक्षमा फैसला गरेपछि बैंक तथा वित्तीय संस्थाले मर्जर तथा प्राप्ति र एफपीओमार्फतको कर बुझाउन थालेका हुन् । यसबापत राज्य कोषमा दुई दिनको अवधिमा १३ अर्ब रुपैयाँ हाराहारीको कर संकलन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण