चेतावनीसहित पारित भयो शाहरुख खानको डंकी
नयाँ दिल्ली । बलिउडका किंग शाहरुख खानको बहुप्रतिक्षित फिल्म डंकीले अन्ततः सेन्सर बोर्डबाट प्रमाणीकरण पाएको छ । पठान र जवान जस्ता ब्लकबष्टर फिल्मपछि शाहरुख यो वर्ष तेस्रो पटक बक्स अफिसमा आफ्नो जादु देखाउने तयारीमा छन् । शाखरुखको यो कमेडी ड्रामाले हिट्को ह्याट्रिक लगाउँला त ?
सेन्सर बोर्डले थोरै काँटछाँट गरेर फिल्म प्रदर्शनको अनुमति दिएको छ । फिल्म मल्टीपल स्क्रिनमा रिलिज हुँदैछ । डंकीमा बोर्डले धेरै दृश्यमा कैँची चलाएको छैन । तर चेतावनी शब्दमा हेरफेर गरिनुको साथै केही दृश्यमा एड्जस्मेन्ट गरिएको छ । बलिउड हंगामाका अनुसार सेन्सरको कैंचीपछि डंकीको समय २ घण्टा ४१ मिनेट भएको छ । बोर्डले डिसेम्बर १५ मा फिल्मको रिभ्यू गरेको थियो । त्यसपछि फिल्मलाई यू/ए सर्टिफिकेट दिएको छ ।
फिल्मबाट जुनिएर एक्टरका केही सिन काटिएको बताइएको छ । बोर्डले केही दृश्यमा भने वैधानिक चेतावनी राख्न निर्देशन दिएको छ । डंकीका निर्देशक राजू हिरानी हुन् । फिल्म डिसेम्बर २१ मा रिलिज हुँदैछ । फिल्ममा शाहरुखको साथमा तापसी पन्नु, विक्की कौशल, बमन इरानी र विक्रम कोचर पनि देख्न पाइनेछ । फिल्मको कथा कमाउनका लागि भनेर देश छाडेर विदेशिने मरिमेट्नेहरुमा केन्द्रित छ ।
एड्भान्स बूकिङबाट पहिलो दिनै सवा १ करोड भारु कमाई
फिल्मको एड्भान्स बूकिङ डिसेम्बर १६ बाट सुरु भएको छ । स्याकनिल्कका अनुसार पहिलो दिनमा एड्भान्स बूकिङमार्फत फिल्मले १ करोड २४ लाख भारु कमाएको छ । खबरका अनुसार पहिलो दिन भारतमा फिल्मको ३३ हजार ७ सय ७० ओटा टिकट विक्री भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण