सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
कर

सर्वोच्चको फैसलापछि कुन कम्पनीले कति तिरे कर ? (सूचीसहित)

हालसम्म १३ अर्ब रुपैयाँ कर उठ्यो
आइतबार, ०१ पुस २०८०, १५ : १६
आइतबार, ०१ पुस २०८०

काठमाडौँ । सर्वोच्च अदालतले मर्जर तथा प्राप्ति र एफपीओमा कर उठाउने सरकारको निर्णय सदर गरेपछि बैंक तथा वित्तीय संस्थाले धमाधम कर तिरेका छन् । सरकारले चालू आर्थिक वर्ष २०८०/८१ को ‘आर्थिक विधेयक’मार्फत यसअघि नै सम्पन्न मर्जर तथा प्राप्ति र यसअघि नै प्रिमियममा जारी भएको एफपीओमा कर लगाउने उल्लेख गरेको थियो ।

यसअघिका कुनै पनि सरकारले उठाउन नसकेको कर आर्थिक विधेयकमार्फत नै उठाउने उल्लेख गरेपछि भने उठ्न थालेको छ । अघिल्ला सरकार र अर्थमन्त्रीले उठाउन नसकेको देखेपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक विधेयकमा नै उल्लेख गरेका थिए । यसपछि बैंक तथा वित्तीय संस्था सरकारले ‘भूत प्रभावी’ कर लगाएको भन्दै सर्वोच्च पुगेका थिए । तर, सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाको विपक्षीमा फैसला सुनाएपछि धमाधम कर बुझाउन थालेका छन् ।

अर्थ मन्त्रालयका अनुसार हालसम्म १३ अर्ब रुपैयाँ हाराहारी कर उठेको छ । आन्तरिक राजश्व कार्यालयका महानिर्देशक दीर्घराज मैनाली बैंक तथा वित्तीय संस्थाहरूले बुझाउनुपर्ने करको विवरण भने नरहेको बताउँछन् । रातोपाटीसँगको कुराकानीमा उनले बैंक तथा वित्तीय संस्थाले बुझाएको कर ठिक भए÷नभएको हेर्ने गरी प्रबन्ध मिलाइएको बताए । तर, कुन कम्पनीले मर्जर तथा प्राप्ति र एफपीओबापत कति रकम बुझाउनुपर्ने भन्ने यकिन तथ्याङ्क छैन । ‘कसले कति बुझाउने भन्ने यकिन तथ्याङ्क छैन,’ उनले भने, ‘तर, कर्पोरेट हाउसले गरेको हिसाबमा गडबडी नहुनेमा विश्वास छ । जानाजान जरिवानामा पर्ने गरी कर दाखिला गर्ने परिकल्पना हुँदैन ।’

कुन कम्पनीले कति तिरे कर ? (ठुला करदाता कार्यालयतर्फ)

  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंक – १ अर्ब ८९ करोड १९ लाख ४७ हजार ७ सय ९ रुपैयाँ
  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंक – ३ करोड ३ लाख ७४ हजार २ सय २७
  • एनएमबि बैंक – १ अर्ब ८४ करोड ३४ लाख ४४ हजार २ सय २१ रुपैयाँ
  • ग्लोबल आइएमई बैंक – १ अर्ब ३२ करोड ३९ लाख ६१ हजार ३८१ रुपैयाँ
  • नेपाल एसबीआई बैंक – १ अर्ब ७७ करोड ७ लाख ७ हजार ४४ रुपैयाँ
  • नविल बैंक – १ अर्ब ६१ करोड ७२ लाख २२ हजार ६७५ रुपैयाँ
  • माछापुच्छ्रे बैंक – १० करोड २७ लाख ६७ हजार ११ रुपैयाँ
  • कुमारी बैंक – ५८ करोड १० लाख रुपैयाँ
  • प्रभु बैंक –  ५ करोड
  • स्ट्यान्डर्ड चार्टर्ड बैंक – ९१ करोड ३२ लाख ९५ हजार ९८० रुपैयाँ
  • सिटिजन् बैंक – ८ करोड २० लाख ५ हजार ९८८ रुपैयाँ
  • कामना सेवा विकास बैंक – २ करोड ६२ लाख रुपैयाँ
  • सानिमा बैंक – ६ करोड ५३ लाख ८९ हजार७५७ रुपैयाँ
  • साङ्ग्रिला विकास बैंक –  १ करोड ६३ लाख ६३ हजार ४७२ रुपैयाँ
  • लक्ष्मी सनराइज बैंक – २७ करोड ४० लाख ९ हजार ६७० रुपैयाँ
  • हिमालयन बैंक – ३० करोड ८९ लाख ८० हजार ७९१ रुपैयाँ
  • हिमालयन बैंक (साबिकको सिभिल बैंक) – १ करोड ९१ लाख ७ हजार २९८ रुपैयाँ
  • प्राइम बैंक – २८ करोड ९६ लाख ९६६ रुपैयाँ
  • एनआइसी एसिया बैंक – ४४ करोड ४५ लाख ४३ शजार ६७३ रुपैयाँ
  • एनआइसी एसिया लघुवित्त – १ करोड २३ लाख ७ हजार ८५८ रुपैयाँ
  • सिद्धार्थ बैंक – २१ करोड ८३ लाख ७९ हजार ९३४ रुपैयाँ
  • साना विकास लघुवित्त विकास बैंक – ५ करोड १५ लाख ३५ हजार ३०० रुपैयाँ
  • मुक्तिनाथ विकास बैंक – ४ करोड ८० लाख रुपैयाँ
  • लुम्बिनी विकास बैंक – ११ करोड २० लाख रुपैयाँ
  • ज्योति विकास बैंक – २१ लाख रुपैयाँ
  • गरिमा विकास बैक – ३ करोड ६ लाख ९७ हजार ९०८ रुपैयाँ
  • नेपाल बैंक – ९७ करोड ७२ लाख ४८ हजार १५९ रुपैयाँ
  • नेपाल लाइफ इन्स्योरेन्स – १ अर्ब २ करोड ६७ लाख १ हजार ३० रुपैयाँ
  • नेशनल लाइफ इन्स्योरेन्स – ५ करोड ६२ लाख ५० हजार रुपैयाँ
  • लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) – १५ करोड रुपैयाँ
  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्स – १ करोड ३ लाख ६९ हजार ६९७ रुपैयाँ
  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्स (साबिकको प्रिमियर इन्स्योरेन्स) – १३ करोड ८१ लाख ६८ हजार रुपैयाँ
  • नेपाल लाइफ इन्स्योरेन्स – ५ करोड रुपैयाँ
  • नेको इन्स्योरेन्स – ४ करोड ४८ लाख १३ हजार ६४६ रुपैयाँ
  • एनएलजी इस्न्योरेन्स – ९० लाख रुपैयाँ
  • शिखर इन्स्योरेन्स – ८ करोड ४३ लाख १३ हजार २० रुपैयाँ
  • हिमालयन एभरेष्ट इन्स्योरेन्स – ११ हजार ९०८ रुपैयाँ
  • प्रुडेन्सियल इन्स्योरेन्स – ८७ लाख ५२ हजार ९८८ रुपैयाँ
  • प्रुडेन्सियल इन्स्योरेन्स (आइएमइ जनरल इन्स्योरेन्स) – ४ करोड ४० लाख २३ हजार २६४ रुपैयाँ
  • सगरमाथा लुम्बिनी इन्स्योरेन्स – २ करोड ८० लाख ७ हजार ३२० रुपैयाँ
  • नेपाल इन्स्योरेन्स – २ करोड ६८ लाख रुपैयाँ

मध्यमस्तरीय करदाता कार्यालयतर्फ 

  • नेशनल लघुवित्तीय संस्था – १४ लाख ५५ हजार ३६० रुपैयाँ
  • सेन्ट्रल फाइनान्स – ४७ लाख ३८ हजार ७४६ रुपैयाँ
  • फर्स्ट  माइक्रोफाइनान्स – ७४ लाख ६२ हजार ९२० रुपैयाँ
  • एभरेष्ट इन्स्योरेन्स – २ करोड ८८ लाख १० हजार ११ रुपैयाँ
  • पोखरा फाइनान्स – ३ करोड ५४ लाख १२ हजार ५५२ रुपैयाँ
  • ग्लोबल आइएमई लघुवित्त – १ करोड ४६ लाख ४६ हजार ७९३ रुपैयाँ
  • लक्ष्मी लघुवित्त – ४४ लाख १६ हजार ९६ रुपैयाँ
  • सेन्ट्रल फाइनान्स – ४७ लाख ३८ हजार ७४६ रुपैयाँ
  • स्वरोजगार लघुवित्त – ६४ लाख ३ हजार ८९१ रुपैयाँ
  • युनाइटेड हजोड इन्स्योरेन्स – १ करोड ५४ लाख २२ हजार ४०० रुपैयाँ
  • सानिमा माई हाइड्रोपावर – १ करोड ५२ लाख ८१ हजार २५६ रुपैयाँ
  • नाडेप लघुवित्त – ९४ लाख ३ हजार २९३ रुपैयाँ
  • हिमालयन लाइफ इन्स्योरेन्स – ३ करोड ६९ लाख ४ हजार २०४ रुपैयाँ
  • सूर्यज्योति लाइफ इन्स्यरेन्स – १ करोड ४६ लाख ९३ हजार ७३२ रुपैयाँ
  • श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्स कम्पनी – १ करोड ६५ लाख ३३ हजार २७९ रुपैयाँ
  • मिर्मिरे लघुवित्त – १ करोड ३७ लाख रुपैयाँ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप