‘पुष्पा’ का अभिनेताले स्वीकारे आफ्नो अपराध
हैदरबाद । अल्लु अर्जुन र रश्मिका मन्दनाको मुख्य भूमिका रहेको फिल्म पुष्पाका ‘केशव’ अर्थात् अभिनेता जगदीश प्रताप बंदरीलाई प्रहरीले पक्राउ गरेको छ । जुनियर महिला कलाकारको आत्महत्याको मामिलामा प्रहरीले अभिनेता सोधपुछ गरिरहेको थियो । यस क्रममा जगदीशले आफूमाथिको अभियोग स्वीकार गरेसँगै उनलाई प्रहरीले पक्राउ गरेको हो । महिलाले नोभेम्बर २९ मा आत्महत्या गरेकी थिइन् ।
यो मामिलाको छानबिनका क्रममा प्रहरीले जगदीशलाई डिसेम्बर ६ मा हिरासतमा लिएका थिए । सुकुमारको निर्देशनमा बनेको ब्लकबष्टर प्यान इन्डिया एक्सन ड्रामा ‘पुष्पा–द राइज’मा जगदीशले अल्लु अर्जुनको साथी केशवको भूमिका निर्वाह गरेका थिए । यो फिल्ममा उनको पात्रलाई दर्शकले निकै रुचाएका थिए ।
के थियो मामिला ?
नोभेम्बर २९ मा एक महिला जुनियर आर्टिस्टले पासो लगाएर आत्महत्या गरिन् । यो घटनापछि महिलाको पिताले प्रहरीमा जाहेरी दिए । छानबिनको क्रममा जगदीशले निजी अन्तरङ्ग फोटोहरू देखाएर महिलालाई ब्यलाकमेल गर्ने गरेको खुलासा भयो । ब्ल्याकमेल सहन नसकेर महिलाले आत्महत्या गरेकी थिइन् । जगदीशले अर्को व्यक्तिसँग मिलेर लुकेर महिलाको फोटो खिचेका थिए । पुछताछका क्रममा उनले आफूले गरेको अपराध स्वीकारे । आफूले गलत आशयले महिलाको तस्बिर खिचेको उनले प्रहरीलाई बताए ।
तस्बिर सार्वजनिक गरिदिन्छु भन्दै आफूले महिलालाई धम्क्याएको पनि उनले बताएका थिए । ती महिलालाई जगदीशले एकतर्फी रूपमा प्रेम गर्थे । तर महिला अरू कसैको प्रेममा थिइन् । आफूले मन पराएको महिला अरूको साथमा देख्दा आफू ईर्ष्याले जलेको अनि यस्तो हरकत गरेको अभिनेताले स्वीकार गरेका छन् । पुष्पा–२ मा जगदीशको राम्रै भूमिका छ । अहिले फिल्मको सुटिङ चलिरहेको छ । यो घटनापछि फिल्ममा उनले खेलेको पात्र अब कसले खेल्छ भन्ने प्रश्न उठिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण