रणवीरले आलियाका लागि सिके केक बनाउन
नयाँ दिल्ली । रणवीर कपूर र आलिया भट्ट बलिउडको ‘ह्यापिएस्ट कपल’ भनेर चिनिन्छन् । आफ्नो रोमान्टिक जीवनका कारण यी दुवैको निकै चर्चा हुने गरेको छ ।
यो पटक भने उनीहरुको चर्चा बिहेभन्दा पहिलेको रोमान्सलाई लिएर भइरहेको छ । हालै एक जना शेफले यो जनाकारी सामाजिक सञ्जालमा शेयर गरेका थिए । ती शेफका अनुसार आलियाको जन्मदिनमा रणवीरले केक बनाउन सिकेका थिए ।
आलियाले पनि बनाएकी थिइन् रणबीरको लागि केक
सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ । भिडियोमा एक जना शेफले आलिया र रणवीरबारे केही कुरा भनिरहेका छन् । रणवीर र आलियाले एक अर्कालाई डेट गरिरहेको बेलामा आलियाको जन्मदिनमा रणवीरले केक बनाउन सिकेका थिए ।
अभिनेताले आलियालाई मन पर्ने ट्रेस लीचेज केक बनाएका थिए । आफूले रणवीरको लागि आलियालाई चाँहि पाइनएप्पल केक बनाउन सिकाएको उनको भनाई छ । शेफका अनुसार यी दुवैले प्रायः एक अर्काको जन्मदिनमा केक बनाउने गरेका थिए । आलियाले केक बनाइरहेको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।
आलिया र रणवीर पहिलो भेट ब्रम्हास्त्रको सेटमा भएको थियो । करिब ५ वर्षसम्म एक अर्कालाई डेट गरेर यिनीहरुले सन् २०२२ को अप्रिल १४ मा बिहे गरेका थिए । बिहे गरेको २ महिनामा आलिया गर्भवती भएको घोषणा भयो । आलिया अहिले धर्मा प्रडक्शनको फिल्म बैजू बाबराकोे शूटिङमा व्यस्त छिन् । यो फिल्ममा आलियासँग रणवीर सिंह देखिँदैछन् । रणवीर कपूर भने एनिमलको सफलता पछि रामायणको शुटिङ गर्दैछन् । रणवीरको एनिमलले बक्स अफिसमा तहल्का मचाइरहेको छ । भारतीय बक्स अफिसमा फिल्मको कलेक्शन ५ अर्ब १९ करोड ६४ लाख भारु कमइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण