मुवाँथाइमा नेपाली खेलाडीले जिते ४ स्वर्ण
-(1)_hQgisNCIZy.jpg)
काठमाडौँ । भारतको नयाँ दिल्लीमा भएको मोर्डन पाइथान गेम्समा नेपाली मुवाँथाइ खेलाडीले बिहीबार ४ स्वर्ण जितेका छन् । प्रतियोगितामा नेपालबाट समान २–२ पुरुष÷महिला गरी चार खेलाडी सहभागी भएकोमा चारैले स्वर्ण जितेको नेपाल राष्ट्रिय मुवाँथाइ संघका उपाध्यक्ष समेत रहेका टिम प्रशिक्षक राहुल मोक्तानले जनाएका छन् ।
पुरुष ६५ केजीमा मुकेश लुइटेल खत्रीले भारतका शिभान्स भार्गवलाई पराजित गरी स्वर्ण जिते । मुकेश भुटानमा भएको पाँचौं दक्षिण एसियाली किक बक्सिङ च्याम्पियनसिपका स्वर्ण विजेता हुन् । पुरुष ६० केजीमा किशोर नेगीले भारतका विशाल सिंहलाई नकआउट आधारमा हराउदै पहिलो भए ।
महिला ४८ केजीमा प्राप्ति बतासले भारतकी सताक्षी शुक्लालाई पाखा लगाउदै शीर्ष स्थानमा रहिन् । राष्ट्रिय च्याम्पियन प्राप्ति मलेसियामा सन् २०२२ मा भएको युथ विश्व च्याम्पियनसिपकी कांस्य विजेता हुन् । प्राप्तिकी दिदी परिकाले ५१ केजीमा भारतकी दिब्यान्शीलाई पन्छ्याउदै स्वर्ण चुमिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सरकारको खर्च ११ महिनामा ५८ प्रतिशत, कुन मन्त्रालयको अवस्था कस्तो ?
-
भोजपुरमा लोपोन्मुख ‘रेड पान्डा’को संरक्षण गर्न क्यामेरा जडान
-
अल हिलालसँग बराबरीमा रोकियो रियल
-
चैते धान थन्क्याउने चटारोमा किसान
-
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल