परिवर्तनको मुहान बन्द गर्ने नै कर्मचारीतन्त्र हो : शिवकुमार मण्डल
शिवकुमार मण्डल, नेता माओवादी केन्द्र
दसवर्षे जनयुद्ध सत्ता परिवर्तन गर्न र समाज परिवर्तन गर्न भएको हो । यो जनयुद्धलाई कहीँ पनि मिनिमाइज गर्नुपर्छ भन्ने लाग्दैन । हामीले राज्य सत्तामा भएका विकृति र विसङ्गतिविरुद्ध लडेका थियौं । हाम्रो राजनीति जनताको हितमा राज्यसत्ता ल्याउन थियो । यो दस वर्षले देशमा एकात्मक राज्य व्यवस्थाको ठाउँमा सङ्घीय लोकतान्त्रिक राज्य व्यवस्था आएको छ । यो आउनेमा दसवर्षे जनयुद्धको देन हो । यदि जनयुद्ध हुँदैन थियो भने यहाँ सङ्घीय लोकतान्त्रिक गणतन्त्र आउँदैन थियो ।
यो व्यवस्था भनेको सबैले राजनीतिक, सामाजिक र आर्थिक अधिकारको सुनिश्चिता हो । यो परिकल्पनासहितको राज्य व्यवस्था आएको छ । यो परिवर्तन कुन–कुन ठाउँमा भएको छ, यसको ज्ञान हुन आवश्यक छ ।
राजनीतिक परिवर्तन
यो देशमा राजनीतिक परिवर्तन पटक पटक भयो । ०४६ सालमा बहुदल आयो । नयाँ संविधान आयो । बोल्न पाउने अधिकार पाइयो । तर यो परिवर्तनले जनताको इच्छा चाहनाअनुसार काम गर्न सकेन अथवा भनाैं राज्य व्यवस्था जनताको घर आगनमा पुग्न सकेन । भयो त केवल राजनीतिक परिवर्तन मात्र । यसबाट जनतामा झन आक्रोस बढ्यो । राज्य व्यवस्था हुने खानेको हातमा पुग्यो । राज्यका अङ्गहरूमा कुनै परिवर्तन आएन ।
परिवर्तनको मुहान बन्द गर्ने कर्मचारीतन्त्र हो
जति परिवर्तन भए, नेपालमा राजनीतिक परिवर्तन मात्र भएका छन् । मेरो अनुभवले के भन्छ भने यहाँ माओवादी जनयुद्धले परिवर्तन गर्न खोजेको प्रमुख कुरा नै कर्मचारीतन्त्र हो । यो स्थायी सरकार अथवा कर्मचारीतन्त्र नै जनभावनाको विपरीत छ । यसले कहिल्यै पनि जनताको भावनाअनुसार काम गर्न चाहँदैन । माओवादीले कर्मचारीतन्त्रलाई परिवर्तन गर्ने समय पाएन । राजनीतिक परिवर्तन गर्नमा नै समय गयो ।
अहिलेको स्थायी सरकारको सबैभन्दा पहिलो र ठूलो चुनौती भनेको कर्मचारीतन्त्र नै हो । यो स्थायी सरकारले निर्वाचित सरकारलाई असहयोग नै गर्छ । म अन्तरिम विधायक हुँदै मन्त्रीसम्म भए । तर यो कर्मचारीतन्त्र जनताको पक्षमा छैन । एक दुई कर्मचारी जनताको पक्षमा हँुदैमा केही हुँदैन । जसरी राजनीतिक परिवर्तन भयो, त्यही अनुपातमा अहिलेसम्म कर्मचारीतन्त्र परिवर्तन भएन ।
वाम गठबन्धनको घोषणपत्रले परिकल्पना गरेको विकास र समृद्धिमा यो कर्मचारीतन्त्र साधक होइन बाधक नै हुन्छ । यहाँ अहिले पनि पञ्चायती व्यवस्थाको मानसिकता भएको कर्मचारीतन्त्र छ । बहुदलले यसलाई परिवर्तन गर्न सकेन । बहुदल आए पनि पञ्चायती मानसिकताले काम गरेको कर्मचारीको मानसिकता अहिलेसम्म छ ।
राजनीतिक परिवर्तन जति छिटो भयो त्यसको ठीक विपरीत छ कर्मचारी । काम गर्ने मोडालिटी नै पञ्चायती तरिकाको छ । अनि कसरी परिवर्तन हुन्छ ।
भ्रष्टाचारीको पक्षपोषण नै कर्मचारीले गर्छन् । म आपूर्तिमन्त्री हँुदा गोपाल खड्कालाई कारवाही गर्न खोजे तर त्यसको संरक्षणमा कर्मचारी नै आए ।
आयल निगमको जग्गा खरिदमा, आईओसी र एनओसीको तेलको खरिदमा बिक्रीमा खडकाले फ्याक्ट्रीबाट, डिलरबाट, पेट्रोल पम्पबाट पैसा उठाउने कुरा संस्थागत गरेको रहेछ । यो सबै कर्मचारीसँग मिलेर गरेको रहेछ । मैले कारवाहीका लागि मन्त्रिपरिषदमा पठाउन खोज्दा कर्मचारीले नै असहयोग ग¥यो । कारबाहीको प्रस्ताव लैजाने भनेर राति ११ बजेसम्म बस्यौं तर कर्मचारीले मलाई नै तीनवटा विकल्प दिएर पठायो । पहिलो स्पष्टीकरण लिने, दोस्रो छानविनको प्रक्रियामा जाने र तेस्रो बर्खास्त गर्ने । यसबाट थाह हुन्छ हामीले एउटा स्प्रिटमा काम गर्न खोज्ने कर्मचारी घुमाउने । यस्ता कर्मचारीबाट समाजवादको यात्रा सहज मात्र होइन, धेरै कठिन छ ।
पेट्रोलीयम पदार्थ नेपालले भारतीय बजारमा भन्दा पनि सस्तोमा पाउँछ । आयल निगम घाटामा छैन । पेट्रोलमा २२ र डिजलमा १८ रुपियाँ सस्तोमा पाउँछौं । नेपाली बजारलाई आवश्यक पर्ने ७० प्रतिशत भारतबाट ल्याउँछौं । तर कर्मचारीले व्यापारीसँग मिलेर भारततिरै तस्करी गरेका छन् । भारतको आईओसीबाट तेल ल्याएर पुनः भारतकै पेट्रोल पम्पलाई बेच्ने गरेका छन् । खालि ट्याङकर ल्याउने गरेका छन् । यो सबै कुरा कर्मचारीलाई थाह छ तर कारबाही गर्दैनन्, किनभने मिलोमतोमा भ्रष्टाचार हुन्छ ।
अबको काम
सरकार अहिलेसम्म तीन महिना, नौ महिनामा परिवर्तन हुँदा यसको फाइदा कर्मचारीले लिएका थिए । कर्मचारीतन्त्रको काम गर्ने प्रवृत्तिलाई परिवर्तन गर्नुपर्छ । यति गर्न सकिएन भने हामीले राजनीतिक रूपमा जति कुरा गरे पनि लागू गर्न सकिँदैन ।
अब कर्मचारीतन्त्रलाई आमूल परिवर्तन गर्नुपर्छ । पञ्चायती मानसिकता भएका सबै कर्मचारीको ठाउँमा फ्रेस कर्मचारी चाहिन्छ । यसका लागि आमूल परिवर्तन अथाव नयाँ भर्ती नै अबको समृद्ध नेपालको यात्रा हो । यो सबै कर्मचारीतन्त्र टेस्टेट हो । यसले अहिलेसम्म परिणाम आउने गरी के परिवर्तन ग¥यो त ? सरकार अस्थायी भएर पनि कर्मचारीतन्त्र त स्थायी छ नि । यसले किन गर्दैन भने यो परिवर्तनको बाधक छ । यसलाई पूरा परिवर्तन गर्नुपर्छ । कर्मचारीतन्त्र क्यान्सरयुक्त रगतजस्तै भएको छ । यसलाई पूरै नबदले मानिस बाँच्न सक्दैन । कर्मचारीतन्त्र त्यही अवस्थामा छ ।
अबको विकास
हामीले धेरै लामो समयदेखि जलस्रोतका धनी भन्दै आएका छांै । जमिन छ अथवा कृषि प्रधान देश भन्छौं । औद्योगिक क्षेत्र, जडीबुटी र पर्यटनमा लगानी लगाउनुपर्छ । तर हामीले अहिलेसम्म यी कुनै पनि कुरामा ठोस रूपमा काम गरेका छैनौं । अब जलस्रोतमा लगानी गर्नुपर्छ । जलस्रोतलाई सही सदुपयोग गर्नुपर्छ । हाइड्रोपावरमा लगानी गर्नुपर्छ । कृषिको आधुनीकरण गर्नुपर्छ । नेपालको कृषि क्षेत्र एसियामा सबैभन्दा बढी अनुदान पाउने देश हो । तर खै कहाँ गयो । यसको खोजी कसले ग¥यो । यो अनुदान कृषिफर्म खोलेका नक्कली किसानले पाएका छन् । यसको लगानी कही भएको छैन । अनुदान टाठाबाठाले खाएका छन् । यो कर्मचारीतन्त्रले गाउँको किसानलाई अङ्ग्रेजीमा प्रपोजल लेख भन्छ । कसरी हुन्छ विकास ? यसकारण वास्तविक वर्गमा विकासको लक्ष्य पुर्याउनुपर्छ ।
नयाँ उद्योगधन्दा खुलेनन् भने समाजवादको यात्रा सम्भव हँुदैन । राज्यले नियन्त्रण गरेर उद्योगधन्दा खोल्नुपर्छ । लगानी देशभित्रै खोज्नुपर्छ । पर्यटनमा पनि लगानी गर्नु आवश्यक छ । यहाँको सुन्दरताका बारेमा संसारलाई जानकारी गराउन सक्यौं भने हामी बढीभन्दा बढी पर्यटन भित्र्याउन सक्छाैं ।
कृष्ण गिरीसँगको कुराकानीमा आधारित
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण