सेनाका प्रफुल र रसिला सेमिफाइलनमा
काठमाडौँ । नेपाली सेनाका प्रफुल महर्जन र रसिला महर्जन दोश्रो ललितपुर मेयरकप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सेमिफाइलनको पुरुष एकलमा प्रफुलले एपिएफका देवराज रानालाई २१–७, २१–६ ले र रसिलाले एपिएफकी सुनयना मुखियालाई २१–१२, २१–१० ले पराजित गर्दै सेमिमा प्रवेश गरेका हुन् ।
अव प्रफुलले फाईनल प्रवेशका लागि नेपाल पुलिसका विष्णु कटुवालको सामना गर्ने भएका छन् । विष्णुले सेनाका अभय महरालाई २१–११, २१–१५ मा पराजित गर्दै सेमिफाइनलमा प्रफुल सँगको भेट पक्का गरेका हुन् । यस्तै रसिलाले फाइलन प्रवेशका लागि सेनाकी रेहना शेरचनसँग प्रतिस्पर्धा गर्नेछिन् । रेहनाले पोखरा ब्याडमिन्टन क्लबकी आयुश्मा नेपाललाई २१–१०, २१–१३ ले पराजित गरेकी हुन् ।
पुरुष एकलकै अर्को प्रतिस्पर्धामा नेपाल पुलिसका जीवन आचार्यले सेनाका रोशन साउदलाई २१–७, २१–१६ ले पराजित गर्दै सेमिफाइनलमा प्रिन्स सँगको भेट पक्का गरेका छन् । एपिएफका प्रिन्सले सेनाका डेभिड थापा मगरलाई २१–१४, २१–१० ले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेका हुन् ।
ललितपुर जिल्ला ब्याडमिन्टन संघ र बालकुमारी रिमिक्स कलबको सहआयोजनामा भएको प्रतियोगिताको महिला एकल तर्फको अर्को खेलमा सेनाकी अनुमाया राईले एपिएफकी रिना तामाङ्गलाई २१–८, २१–६ ले पराजित गर्दै सेमिमा स्थान पक्का गरेकी छिन् । यस्तै नेपाल पुलिसकी निता लम्साल र कस्तुरी कलेजकी सिमा राजबंशी विच भएको खेलमा निताले २१–१२, २१–१४ को जित हात पारिन् ।
ललितपुर महानगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको यु १७ पुरुष एकल तर्फ सेनाका सुप्रिम पन्थ, कविर के.सी. र अभय महरा तथा गुल्मीका जेनिश शेरचनले पनि सेमिफाइनलमा स्थान बनाए । सुप्रिमले नेपालगंजका राजेश बि.सी.लाई २१–१८, २१–१२, कविरले एपिएफका अरुण अधिकारीलाई २१–१७, २१–८, अभयले सेनाकै सुविन श्रेष्ठ (बी)लाई २१–१४, २२–२० ले तथा जेनिशले सेनाका सुविन श्रेष्ठ (ए)लाई २१–१७, २१–१० ले पराजित गरेका हुन् ।
पुरुष ४५ बर्ष माथीको युगलमा कास्कीका राजेश गुरुङ्ग र शम्भु श्रेष्ठको जोडी, चन्द्रागिरीका हरि खत्री र राजकुमार पोखरेल, पर्फेक्ट फिटनेश क्लबका संजय कपाली र अनिल थाम्सुहाङ्ग र कास्कीका डोल राज आले र कुश्माका प्रेम गुरुङ्गको जोडीले पनि सेमिफाइनलमा स्थान पक्का गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण