अमेरिकी ब्यान्ड ‘डिक्सी चिक्स’ की संस्थापकको दुर्घटनामा निधन
आइतबार, ०८ पुस २०८०, ०९ : ५८
टेक्सास । अमेरिकी कन्ट्री साङ्गीतिक ब्यान्ड ‘डिक्सी चिक्स’ की संस्थापक सदस्य लाउरा लिन्चको कार दुर्घटनामा निधन भएको छ । उनी ६५ वर्षकी थिइन् ।
द टेक्सास डिपार्टमेन्ट अफ पब्लिक सेफ्टीका अनुसार शुक्रबार एल पासोमा दुई सवारीबिच भएको दुर्घटनामा उनको मृत्यु भएको हो । समाचारबारे प्रतिक्रिया जनाउँदै हालको ब्यान्डका सदस्यहरूले आफूहरू स्तब्ध र मर्माहत भएको बताएका छन् ।
टेक्सासको डालासमा सन् १९८९ मा डिक्सी चिक्सको स्थापना भएको थियो । यसमा लिन्च (बेसिस्ट र गायक), रोबिन लिन मेसी (गायक र गिटारिस्ट) र मार्टी र एमिली अर्विन दिदीबहिनी रहेका थिए ।
उनीहरूले कन्ट्री र ब्लूग्रास सङ्गीतहरू प्रस्तुत गर्ने गर्थे । सन् १९९५ मा लिन्चले उक्त ब्यान्ड छाडेकी थिइन् । तीन वर्षअघि ब्यान्डले आफ्नो नाम ‘द चिक्स’ मा परिवर्तन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण