अमेरिकी ब्यान्ड ‘डिक्सी चिक्स’ की संस्थापकको दुर्घटनामा निधन
आइतबार, ०८ पुस २०८०, ०९ : ५८

टेक्सास । अमेरिकी कन्ट्री साङ्गीतिक ब्यान्ड ‘डिक्सी चिक्स’ की संस्थापक सदस्य लाउरा लिन्चको कार दुर्घटनामा निधन भएको छ । उनी ६५ वर्षकी थिइन् ।
द टेक्सास डिपार्टमेन्ट अफ पब्लिक सेफ्टीका अनुसार शुक्रबार एल पासोमा दुई सवारीबिच भएको दुर्घटनामा उनको मृत्यु भएको हो । समाचारबारे प्रतिक्रिया जनाउँदै हालको ब्यान्डका सदस्यहरूले आफूहरू स्तब्ध र मर्माहत भएको बताएका छन् ।
टेक्सासको डालासमा सन् १९८९ मा डिक्सी चिक्सको स्थापना भएको थियो । यसमा लिन्च (बेसिस्ट र गायक), रोबिन लिन मेसी (गायक र गिटारिस्ट) र मार्टी र एमिली अर्विन दिदीबहिनी रहेका थिए ।
उनीहरूले कन्ट्री र ब्लूग्रास सङ्गीतहरू प्रस्तुत गर्ने गर्थे । सन् १९९५ मा लिन्चले उक्त ब्यान्ड छाडेकी थिइन् । तीन वर्षअघि ब्यान्डले आफ्नो नाम ‘द चिक्स’ मा परिवर्तन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश अस्पताल ५० शय्यामा स्तरोन्नति गरिँदै
-
यसपछि केही गर्दिन : आमिर खान
-
बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई आवासीय शिक्षा
-
यातायात बन्दको मारमा यात्रु, परीक्षार्थीलाई स्कर्टिङ गरेर पठाइयो, तस्बिरहरू
-
भक्तपुरको शङ्कर नेशनल स्कुलले मनायो दीक्षान्त समारोह
-
माइतीघर मण्डलामा सार्वजनिक यातायात व्यवसायीको प्रदर्शन (तस्बिरहरू)