कलाकर्मीबाट पहिलो मन्त्री बन्ने रोज राणा
काठमाडौँ । नेपाली फिल्मका निर्माता, निर्देशक, नायक तथा अभिनेता रोज राणा (सरोज थापा) लुम्बिनी प्रदेशको मन्त्री बनेका छन् । नेपाली कांग्रेसको तर्फबाट उनले उद्योग वाणिज्य, श्रम तथा यातायात मन्त्रीको जिम्मेवारी पाएका हुन् । आइतबार उनले बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा शपथ समेत लिएका छन् ।
पहिलोपटक मन्त्री बनेका निर्माता राणा प्युठानबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । राणा कांग्रेस सभापति शेरबहादुर देउवाका निकट मानिन्छन् ।
राणा नेपाल चलचित्र निर्माता सङ्घको पूर्व महासचिव समेत हुन् । करिब दुई दशकदेखि फिल्म क्षेत्रमा आबद्ध उनले ‘दादागिरी’, ‘डन’, ‘खलनायक’, ‘महान्’, ‘टक्कर दुई मुटुको’, ‘मन छु नि तिम्रो’ लगायतका फिल्म निर्माण गरेका छन् । केही फिल्ममा आफैले समेत अभिनय गरेका उनले ‘मेरो पैसा खोइ ?’ र ‘जय परशुराम’ नामक फिल्म निर्देशन समेत गरेका छन् ।
कोरोनाको लकडाउन अगाडि उनले फिल्म ‘खलनायक २’ निर्माण घोषणा गरेका थिए । तर फिल्म बनेको छैन । कलाकर्मीबाट नेपालको मन्त्री बनेको राणा पहिलो व्यक्ति भएको चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला बताउँछन् ।
यस अगाडि हल व्यवसायी रामवीर मानन्धर मन्त्री भएका थिए । राणालाई सामाजिक सञ्जालबाट विभिन्न कलाकर्मीले बधाई तथा शुभकामना दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण