आरती साहका पति मोतीबाबु पुनः पक्राउ

काठमाडौँ । आरती साहको मृत्य प्रकरणमा उनका श्रीमान मोतीबाबुलाई प्रहरीले पक्राउ गरेको छ । मोतीबाबुलाई जनकपुरबाट पक्राउ गरिएको धनुषाका एसपी मित्रबन्धु शर्माले रातोपाटीलाई बताए ।
मृतक आरती साहका पतिलाई पक्राउ गरेर पुनः थुनामा पठाउन सर्वोच्च अदालतले आदेश गरेको थियो । मंसिर २० मा सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठले सो आदेश गरेका हुन् । सर्वोच्चको आदेश कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको एसपी शर्माले जानकारी दिए ।
२०८० जेठ ७ मा जनकपुर उप–महानगरपालिका वडा नम्बर–९ स्थित थापा चोकमा रहेको घरमा आरती मृत फेला परेकी थिइन् । आरतिको हत्या भएको पीडित परिवारको आरोप छ । पीडितको जाहेरीका आधारमा प्रहरीले त्यतिवेला मोतीबाबु र ससुरा मदनमोहन सुडीलाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।
जिल्ला अदालतको आदेशले थुनामा गएका उनीहरु उच्च अदालत जनकपुरको आदेशले छुटेका थिए । उच्चको आदेश सर्वोच्चले उल्टयाएको थियो । आरतीका बुवा, आमा काठमाडौँमा निरन्तर अनसनमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : भारतको ‘किट’ विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेलादेखि गृह मन्त्रालयमा मनपरीसम्म
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
किट विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परिवार राति नै भारत जाँदै
-
रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
-
उदयपुरमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते