एनिमलका निर्देशक सन्दीप बांगा रेड्डीले किन मागे माफी ?
नयाँ दिल्ली । रणवीर कपूर र बबी देओलको खुङ्खार अभिनय रहेको फिल्म एनिमलले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ । रिलिज हुनु अघि नै फिल्म सञ्चार माध्यमको हेडलाइन बनिरह्यो । रिलिजपछि सामाजिक सञ्जालमा फिल्मबारे चर्चा–परिचर्चा, विवाद र बहस जारी छन् । रिलिज भएलगत्तै फिल्मले बक्स अफिसमा शानदार कलेक्सन गरिरहेको छ ।
सन्दीप बांगा रेड्डीको निर्देशनमा बनेको यो ब्लकबष्टर फिल्ममा गीताञ्जलीको भूमिका सुरुमा परिणीति चोपडाको पोल्टामा परेको थियो । तर पछि यो अवसर रश्मिका मन्दनाले पाइन् । सन्दीपले फिल्मबाट परिणीति बाहिरिनुको कारण खुलासा गरेका छन् । गीताञ्जलीको भूमिकामा रश्मिकाको अभिनयलाई धेरैले सरहाना गरेका छन् । तृप्ति डिमरीले पनि आफ्नो छोटो भूमिकाबाट दर्शकहरुबाट नेशनल क्रसको उपाधि पाइन् । फिल्ममा लिड एक्सट्रेसको रूपमा परिणीतिलाई साइन गरिएको थियो ।
गीताञ्जलीको भूमिकाका लागि सन्दीपको पहिलो रोजाई परिणीति भएको कुरा धेरैलाई थाहा छैन । एउटा अन्तरवार्तामा सन्दीपले परिणीतिको भूमिकाबारे कुराकानी गरेका थिए । आफ्नो नै गल्तीले गर्दा परिणीति फिल्मबाट बाहिर भएको उनले बताएका छन् । ‘सक्छौँ भने मलाई माफ गरिदेऊ ।’ उनले भनेका छन् । फिल्म सुटिङ हुनु भन्दा डेढ वर्ष अघि नै उनले परिणीतिलाई साइन गराएका थिए । ‘केही पात्र यस्ता पनि हुन्छन् जो जुन भूमिकाका लागि छानिएका हुन् त्यसमा फिट हुँदैनन् । वास्तवमा ती पात्र उनीहरूका लागि बनेकै हुँदैन ।’ सन्दीपले भने ।
सन्दीप सधैं नै परिणीतिसँग काम गर्न चाहन्थे । उनको अभिनयको उनी कायल थिए । शाहिद कपुरको कबीर सिंहमा पनि प्रितिको भूमिकाका लागि उनी परिणीतिलाई नै लिन चाहन्थे । तर उनको त्यो सपना पनि अधुरै रह्यो । ‘मलाई माफ गरिदेऊ । निर्देशकको लागि फिल्म भन्दा ठूलो कुरा केही होइन । त्यसैले फिल्ममा अरु कसैलाई साइन गरिरहेछु ।’ उनले भनेका थिए । आफ्नो यो निर्णयले परिणीतिलाई नराम्रो लागेको भएपनि यसको पछाडिको कारण उसलाई थाहा भएको सन्दीपको भनाई छ । दर्शकहरुले एनिमलमा रणवीर कपूर, रश्मिका मन्दना, बबी देओल, अनिल कपुर र तृप्ति डिमरी सबै पात्रलाई निकै मन पराइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले सात क्लस्टर विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण