भक्तपुर र धनकुटामा धनमाल चोरी
सोमबार, ०९ पुस २०८०, १६ : ४४

काठमाडौँ । भक्तपुर र धनकुटामा लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-९ बोडे डेरा गरी बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-५ घर भएका ३९ वर्षीय राजन श्रेष्ठको कोठाबाट नगद तथा सुनका विभिन्न गरगहना गरी करिब ६ लाख ९० हजार रुपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको हो ।
उता धनकुटाको धनकुटा नगरपलिका-७ डेरा गरी बस्ने ४० वर्षीय सन्दिप साहको श्री जिमी ज्वेर्लसबाट सुन आधा तोला र चाँदी अन्दाजी ४ केजी गरी करिब ५ लाख रुपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परा धान्न पञ्चेबाजा बजाउँछन् पाल्पाका महिला
-
पर्यटक आकर्षणको केन्द्र बन्दै ‘ढोरपाटन जलजला’
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
-
‘लोक सेवा आयोग हीरक महोत्सव तयारीमा व्यस्त’
-
जुनसुकै बेला जेसुकै हुन सक्छ, तयार भएर बस्नुहोस्: गृहमन्त्री
-
‘अपरेसन सिन्दूर’ को बारेमा भारतीय जनरलको नयाँ खुलासा