भक्तपुर र धनकुटामा धनमाल चोरी
सोमबार, ०९ पुस २०८०, १६ : ४४
काठमाडौँ । भक्तपुर र धनकुटामा लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-९ बोडे डेरा गरी बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-५ घर भएका ३९ वर्षीय राजन श्रेष्ठको कोठाबाट नगद तथा सुनका विभिन्न गरगहना गरी करिब ६ लाख ९० हजार रुपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको हो ।
उता धनकुटाको धनकुटा नगरपलिका-७ डेरा गरी बस्ने ४० वर्षीय सन्दिप साहको श्री जिमी ज्वेर्लसबाट सुन आधा तोला र चाँदी अन्दाजी ४ केजी गरी करिब ५ लाख रुपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण