मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

बाघको आक्रमणबाट पर्सामा एक जनाको ज्यान गयो

सोमबार, ०९ पुस २०८०, १६ : ५०
सोमबार, ०९ पुस २०८०

पर्सा । बाघको आक्रमणमा परि पर्सामा एक जनाको ज्यान गएको छ । पर्साको पटेर्वा सुगौली गाउँपालिका २ का ३२ वर्षीय मनोज उरावँ धाँगडको बाघको आक्रमणमा परि ज्यान गएको हो ।

हिजो आइतबार साँझ जंगल छेउमा दिसा गर्न गएका उनी राति घर नपुगेपछि उनको खोजतलास गर्ने क्रममा जङ्गलमा उनले लगाएको चप्पल भेटिएको हो । चप्पल भएकै ठाउँभन्दा केहि पर  बाघको पञ्जाको डोव र मृतकको मोबाइल भेटिएको थियो । 

साथै बाघले खाएर छाडेको शरीरको केहि अवशेष समेत भेटिएको  इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप