फारवेष्ट पशुपति कप : बिएस–१५ र सुदूरपश्चिम–११ क्वाटरफाइनलमा
कैलाली । कैलालीको धनगढीमा जारी फारवेष्ट पशुपति कप फुटबल प्रतियोगितामा बिएस–१५ र सुदूरपश्चिम–११ क्वाटरफाइनलमा प्रवेश गरेका छन् । आज भएको खेलमा बिएस–१५ फुटबल एकेडेमीले सशस्त्र प्रहरी बल प्रदेश सात नम्बर बाहिनीलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।
बिएस–१५ का लागि विदेशी खेलाडी गुइला मेडिनले पहिलो हाफको १४औँ मिनेटमा गोल गरे । पहिलो हाफको २७औँ मिनेटमा सशस्त्र प्रहरीका लागि गोविन्द सिंहले गोलगर्दै खेललाई १–१ को बराबरी गरे । खेलको अतिरिक्त समयको अन्तिममा बिएस–१५ का विवेक सन्तोषीले गोलगर्दै आफ्नो टोलीलाई क्वाटरफाइनलमा पुर्याए । खेलको ‘म्यान अफ द म्याच’ घोषित भएका सन्तोषीले रु पाँच हजार पुरस्कार प्राप्त गरे ।
यसैगरी सुदूरपश्चिम–११ भने बाई पाएर प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो । भारतीय क्लब सिएफसी कोलकाता अनुपस्थित भएको थियो । मङ्गलबार स्टार सिटी युवा क्लब, धनगढी र घोडाघोडी युवा क्लब, सुख्खडका बीच तथा पुनर्वास युनाइटेड र आयोजक फारवेष्ट पशुपति क्लबबीच क्वाटरफाइनलको खेल हुने छ ।
पशुपति युवा क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा १५ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले रु पाँच लाख तथा उपविजेताले रु दुई लाख पुस्कार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष खेम रावतले जानकारी दिनुभयो । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले रु २५ हजार तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीले जनही रु १५ हजार पुरस्कार प्राप्त गर्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो एजेन्सी
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
-
अष्ट्रेलियाका उच्च प्रतिनिधिमण्डलको नेपाल भ्रमण सम्पन्न, द्विपक्षीय सहकार्य विस्तारमा जोड
-
‘शान्तिपूर्ण समाजका लागि समुदाय-प्रहरी साझेदारी अपरिहार्य’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण