कार्तिक आर्यनसँग ‘आशिकी’ गर्दै तृप्ति डिमरी
नयाँ दिल्ली । लैला मजनु, बुलबुल र कलाजस्ता फिल्ममा आफ्नो अभिनयले अभिनेत्री तृप्ति डिमरीले क्रिटिक्सहरुको मन जितिसकेकी थिइन् । यो वर्ष उनको लागि नसोचेको सफलता हात लाग्यो । रणवीर कपूरको फिल्म एनिमलमा छोटो तर महत्त्वपूर्ण भूमिकामा देखिएकी तृप्तिले निकै वाहवाही बटुलिन् । फ्यानहरूले उनलाई ‘नेशनल क्रश’ नै घोषित गरिदिए ।
तृप्ति डिमरीले कार्तिक आर्यनसँग ‘आशिकी’ गर्दै छिन् । आशिकी फ्रेन्चाइजीको सिक्वेलमा काम शुरु भइसकेको भन्दै खबरहरू आइरहेका छन् । अनुराग बासुले निर्देशन गर्न लागेको आशिकी ३ मा कार्तिकलाई शीर्ष भूमिकाका लागि साइन गरिएको छ । फिल्ममा हिरोइन कसलाई लिन लागिएको छ भनेर गोप्य राखिएको थियो ।
पिंकविलाको रिपोर्टका अनुसार मेकरहरुले तृप्तिलाई आशिकी ३ मा फिमेल लिडको रुपमा फाइनल गरिएको छ । फिल्मसँग सम्बन्धित एक सुत्रले बताएअनुसार एनिमलको ऐतिहासिक सफलतापछि तृप्तिको चर्चा चुलिएको र कार्तिक आर्यनसँग तृप्तिको जोडीले स्क्रिनमा तहल्का मच्चाउने मेकरहरुमा विश्वस्त छन् ।
अनुरागले आशिकी ३ को शूटिङ सन् २०२४ को प हिलो त्रैमासमा शुरु गर्ने बताइएको छ । फिल्मका बाँकी कलाकारहरु पनि छिटै फाइनल गरिने भएको छ । कार्तिक र आर्यनको जोडी बनेर फिल्ममा पहिलो पटक देखिने छन् । आशिकी ३ बाहेक कार्तिक भुलभुलैया फ्रेन्चाइजीमा पनि काम गरिरहेका छन् । यो फिल्मलाई आगामी वर्ष दिवालीमा रिलिज गरिँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण