भेपको भ्रमले कुलतमा फस्दै युवा,स्वास्थ्य र पैसा दुवै बर्बाद
काठमाडौं चाबहिलका युवक आयुष शर्मा (नाम परिवर्तन) ले दुइ वर्षअघि साथीभाइसँग पहिलो पटक भेप (इ–सिगरेट) को सर्को ताने। त्यसपछि उनलाई भेपको लत बस्यो। अहिले उनी भेपको नियमित प्रयोगकर्ता हुन्। ‘सुरुमा स्वादका लागि तानेको थिएँ, अहिले बानी नै प¥यो,’ उनले भने।
त्यस्तै काठमाडौं बानेश्वरका २३ वर्षीय सविन थापा ९नाम परिवर्तन० ले कलेजमा पढ्दा लागेको चुरोटको लत छाड्न भेपको सहारा लिए। पछि उनी पनि त्यसकै लतमा परे। उनी अहिले चुरोट र भेप दुवै प्रयोग गर्छन्। सजिलै र थरीथरी स्वादमा भेप पाइन थालेपछि प्रयोग गर्ने युवाको संख्या बढ्दै गएको छ।
‘अनलाइनबाटै बिक्री गरेर दैनिक अढाई लाख नाफा हुन्छ,’ काठमाडौंका एक अनलाइन बिक्रेताले भने। ती व्यापारीका अनुसार प्रत्यक्ष पसलमा किन्न आउनेभन्दा अनलाइनबाट माग गर्ने धेरै छन्।
अनलाइनबाट भेपको कारोबार गर्न थालेको पाँच वर्षजति भएको ती व्यापारीले बताए। त्यस्तै ५ वर्षदेखि भेपको व्यापार गर्दै आएको ललितपुर पुलचोकस्थित अर्का व्यापारी भेपको माग बढ्दै गएको बताउँछन्। ‘माग पहिलादेखि नै उच्च छ,’ ती व्यापारीले भने।
भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा नेपालमा १ करोड १० लाख रुपैयाँभन्दा बढीको भेप आयात भएको छ। त्यस्तै आव २०७९÷८० मा ४ लाख २६ हजार ३७२ थान भेप आयात भएको छ।
एक वर्षदेखि बजारमा नयाँ स्वादमा भेप आएको छ। अहिले प्रयोग गरेर सकिएपछि फाल्ने भेपको माग बढी हुने गरेको छ। फरक–फरक स्वादका कारण युवाको आकर्षण डिस्पोजेवल भेपमा बढिरहेको विरानगरका एक बिक्रेताले भने।
ती व्यापारीका अनुसार नयाँ स्वादमा आएको भेपको खुद्रा मूल्य बजारमा २ हजार पर्छ। दुई हजारमा बिक्री गर्दा ६ सय रुपैयाँ नाफा हुन्छ। बिजुलीमा चार्ज गरी क्वायल मात्र फेर्ने भेपको डिभाइस भने डिस्पोजेवलको तुलनामा महँगो पर्छ।
पुनः प्रयोग गर्न मिल्ने डिभाइस पनि फरकफरक मूल्यमा बजारमा उललब्ध छन्। नेपालमा भेप चीन र अमेरिकाबाट आयात हुने गरेको बिक्रेता बताउँछन्। भेपको मूल्य डिभाइस र गुणस्तरअनुसार फरक फरक हुन्छ। यो समाचार नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
-
इजरायलले स्टारलिङ्कको उपकरण इरानमा तस्करी गरेको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण