शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

जापान–कोरिया जाने श्रमिकले ३ सय डलर बढी सटही सुविधा पाउने

बिहीबार, १२ पुस २०८०, २२ : ३८
बिहीबार, १२ पुस २०८०

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी बापत प्रदान गर्ने विदेशी मुद्रा सटही सुविधालाई नेपाल राष्ट्र बैंकले दुई भागमा विभाजन गरेको छ ।

 नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीहरूमा युरोप अमेरिका लगायत जापान, दक्षिण कोरिया, क्यानडा जानेहरूलाई ५ सय डलरसम्म र यसबाहेक अन्य मुलुकहरूमा श्रम गर्न जानेहरूका लागि प्रतिव्यक्ति २ सय अमेरिकी डलरसम्मको सटही सुविधा प्रदान गर्ने केन्द्रीय बैंकले जनाएको हो ।

यसअघि सबै मुलुकहरूमा श्रमका लागि जाने श्रमिकहरूलाई समान २ सय डलरसम्म मात्र सटही सुविधा प्रदान गर्ने व्यवस्था रहेको थियो । बैंकको पछिल्लो व्यवस्थाले युरोप, अमेरिकासहित जापान कोरिया जाने श्रमिकहरूले अन्यको तुलनामा ३ सय डलर बढी सटही सुविधा पाउने भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप