जापान–कोरिया जाने श्रमिकले ३ सय डलर बढी सटही सुविधा पाउने
बिहीबार, १२ पुस २०८०, २२ : ३८
काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी बापत प्रदान गर्ने विदेशी मुद्रा सटही सुविधालाई नेपाल राष्ट्र बैंकले दुई भागमा विभाजन गरेको छ ।
नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीहरूमा युरोप अमेरिका लगायत जापान, दक्षिण कोरिया, क्यानडा जानेहरूलाई ५ सय डलरसम्म र यसबाहेक अन्य मुलुकहरूमा श्रम गर्न जानेहरूका लागि प्रतिव्यक्ति २ सय अमेरिकी डलरसम्मको सटही सुविधा प्रदान गर्ने केन्द्रीय बैंकले जनाएको हो ।
यसअघि सबै मुलुकहरूमा श्रमका लागि जाने श्रमिकहरूलाई समान २ सय डलरसम्म मात्र सटही सुविधा प्रदान गर्ने व्यवस्था रहेको थियो । बैंकको पछिल्लो व्यवस्थाले युरोप, अमेरिकासहित जापान कोरिया जाने श्रमिकहरूले अन्यको तुलनामा ३ सय डलर बढी सटही सुविधा पाउने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण