जापान–कोरिया जाने श्रमिकले ३ सय डलर बढी सटही सुविधा पाउने
बिहीबार, १२ पुस २०८०, १६ : ५३
काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी बापत प्रदान गर्ने विदेशी मुद्रा सटही सुविधालाई राष्ट्र बैंकले दुई भागमा विभाजन गरेको छ ।
नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीहरूमा युरोप अमेरिका लगायत जापान, दक्षिण कोरिया, क्यानडा जानेहरूलाई ५ सय डलरसम्म र यसबाहेक अन्य मुलुकहरूमा श्रम गर्न जानेहरूका लागि प्रतिव्यक्ति २ सय अमेरिकी डलरसम्मको सटही सुविधा प्रदान गर्ने राष्ट्र बैंकले जनाएको हो ।
यसअघि सबै मुलुकहरूमा श्रमका लागि जाने श्रमिकहरूलाई समान २ सय डलरसम्म मात्र सटही सुविधा प्रदान गर्ने व्यवस्था रहेको थियो । केन्द्रीय बैंकको पछिल्लो व्यवस्थाले युरोप, अमेरिकासहित जापान कोरिया जाने श्रमिकहरूले अन्यको तुलनामा ३ सय डलर बढी सटही सुविधा पाउने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
‘एयर पोलुसन स्टेसन’ले राप्तीमा सहज
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण