मन्त्री फेरेर राम्रो काम हुन्छ भन्ने छैन : शशांक कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले मन्त्री परिवर्तन गरेर राम्रो काम हुन्छ भन्ने ग्यारेन्टी नभएको बताएका छन् ।
बिहीबारदेखि पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकपछि पत्रकारसँगको कुराकानीमा उनले व्यक्ति परिवर्तन गरेर काम नहुने बताए ।
कोइरालाले भने, ‘मन्त्रीहरूका काम त राम्रो छैन तर मान्छे परिवर्तन गरेर राम्रो काम हुन्छ भनेर के ग्यारेन्टी छ ?’
उनले मन्त्री भएपछि के काम गर्ने भन्ने प्रष्ट नीति हुनुपर्ने बताए । ‘समयमा नीति तय गरेर नीतिअनुसार काम गर्नुपर्यो भन्ने मेरो भनाइ हो,’ उनले भने।
आफू मन्त्री नबन्ने पनि कोइरालाले बताए । ‘अहिलेका मन्त्रीहरूले काम गर्न सकेका छैनन्, किन काम गर्न सकेनन् म भन्न सक्दिनँ,’ उनले भने, ‘के–के काम गर्ने पहिले नै तय नगरेर पो हो कि ?’
उनले अहिले भएकै मन्त्रीबाट काम लिन सक्नुपर्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण