मन्त्री फेरेर राम्रो काम हुन्छ भन्ने छैन : शशांक कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले मन्त्री परिवर्तन गरेर राम्रो काम हुन्छ भन्ने ग्यारेन्टी नभएको बताएका छन् ।
बिहीबारदेखि पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकपछि पत्रकारसँगको कुराकानीमा उनले व्यक्ति परिवर्तन गरेर काम नहुने बताए ।
कोइरालाले भने, ‘मन्त्रीहरूका काम त राम्रो छैन तर मान्छे परिवर्तन गरेर राम्रो काम हुन्छ भनेर के ग्यारेन्टी छ ?’
उनले मन्त्री भएपछि के काम गर्ने भन्ने प्रष्ट नीति हुनुपर्ने बताए । ‘समयमा नीति तय गरेर नीतिअनुसार काम गर्नुपर्यो भन्ने मेरो भनाइ हो,’ उनले भने।
आफू मन्त्री नबन्ने पनि कोइरालाले बताए । ‘अहिलेका मन्त्रीहरूले काम गर्न सकेका छैनन्, किन काम गर्न सकेनन् म भन्न सक्दिनँ,’ उनले भने, ‘के–के काम गर्ने पहिले नै तय नगरेर पो हो कि ?’
उनले अहिले भएकै मन्त्रीबाट काम लिन सक्नुपर्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किट विश्वविद्यालयमा नेपाली विद्यार्थी मृत्युबारे परराष्ट्र मन्त्रालयले के भन्यो ?
-
प्रधानमन्त्री र अजरबैजानका उपविदेशमन्त्रीबिच शिष्टाचार भेटवार्ता
-
७७ जना नयाँ इन्सपेक्टरको पदस्थापन, काे कहाँ ? (सूचीसहित)
-
नेकपा एमालेले बोलायो संसदीय दलको बैठक
-
नीति तथा कार्यक्रम : ११ वटा ऐन तर्जुमाको लक्ष्य
-
आन्दोलन गरेको भन्दै आवासीय चिकित्सकहरुलाई कलेज प्रवेशमा रोक