शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

३ जना मृत अवस्थामा फेला

शुक्रबार, १३ पुस २०८०, १२ : ०८
शुक्रबार, १३ पुस २०८०

काठमाडौं । बितेका २४ घण्टामा विभिन्न स्थानमा तीन जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार काठमाडौंको दक्षिणकाली नगरपालिका-८ स्थित सिमपानी बस्ने ३५ वर्षीया सानुमाया लामा आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । 

यसैगरी दाङको तुलसीपुर उपमहानगरपालिका-१५ पहरुवा बस्ने १५ वर्षीया धारा रैदाश सोही ठाउँस्थित खाली टहरामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । 
स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ मिर्मीस्थित कालीगण्डकी जलविद्युत आयोजनाको ड्याममा पनि  अन्दाजी ३५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप