३ जना मृत अवस्थामा फेला
शुक्रबार, १३ पुस २०८०, १२ : ०८
काठमाडौं । बितेका २४ घण्टामा विभिन्न स्थानमा तीन जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार काठमाडौंको दक्षिणकाली नगरपालिका-८ स्थित सिमपानी बस्ने ३५ वर्षीया सानुमाया लामा आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी दाङको तुलसीपुर उपमहानगरपालिका-१५ पहरुवा बस्ने १५ वर्षीया धारा रैदाश सोही ठाउँस्थित खाली टहरामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ मिर्मीस्थित कालीगण्डकी जलविद्युत आयोजनाको ड्याममा पनि अन्दाजी ३५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
-
उपत्यका ट्राफिकमा गृहमन्त्रीको निरीक्षण
-
लुम्बिनी प्रदेशसभाबाट आर्थिक विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण