बुढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अख्तियारको नियन्त्रणमा
मङ्गलबार, २७ चैत २०७४, १३ : ०८
काठमाडौं– काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत (उप–सचिव) लिला अधिकारीलाई अख्तियारले नियन्त्रणमा लिएको छ । बुढानिलकण्ठ–२ बाँडेपाखामा रिभर्ज वायर (पानी ट्यांकी) निर्माणकार्य सम्पन्न गरे पश्चात कार्य अनुभवपत्र लिने प्रयोजनका लागी ५ लाख घुस लिइरहेको अवस्थामा अधिकारीलाई नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता दिर्घराज मैनालीले जानकारी दिएका छन् । अधिकारीसँगै बुढानिलकण्ठ नगरपालिकाका इन्जिनीयर बिजेन्द्र श्रेष्ठ पनी पक्राउ परेका छन् ।
आयोगबाट खटिएको टोलीले उप–सचिव अधिकारी र ईन्जिनीयर श्रेष्ठलाई काठमाडौं महानगरपालिका वडा नम्बर–३ को वडा कार्यालय अगाडीबाट सोमबार साँझ नियन्त्रणमा लिईएको हो । छुट्टाछुट्टै कारमा सवार उनिहरुलाई अख्तियारको हिरासतमा राखेर थप अनुस्न्धान शुरु गरेको बताईएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी
-
अनलाइन ठगीबाट कसरी जोगिने ?
-
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल
-
बागमती प्रदेश सरकारद्वारा ७ जना विपन्न विद्यार्थीलाई प्राविधिक उच्च शिक्षा छात्रवृत्ति वितरण
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
-
असार २५ र २६ गते विभागले राहदानी वितरण सुचारु राख्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण