सिरी ए फुटबल : शीर्ष स्थानको इन्टर जेनोआसँग बराबरीमा रोकियो
शनिबार, १४ पुस २०८०, ०९ : २१
काठमाडौँ । इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको इन्टर मिलानलेजेनोआसँग अङ्क बाँडेको छ । शुक्रबार राति भएको खेलमा इन्टरले जेनोआसँग एक–एक गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो ।
इन्टरले सुरुआती अग्रता लिए पनि जोगाउन असफल रह्यो । मार्को अर्नाटोभिकले ४२ औँ मिनेटमा गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफकै अतिरिक्त सातौँ मिनेटमा जेनोआले बराबरी गोल फर्काउन सफल भयो । अल्बर्ट गुडमन्डसनको पासमा राडु ड्रागुयनले गोल गर्दै बराबरी गरेका थिए । त्यसपछि थप गोल नहुँदा दुव टिमले एक एक अङ्क बाँडे ।
अङ्क बाँडेपनि शीर्ष स्थानमा रहेको इन्टरले ५ अङ्कको अग्रता लिएको छ । इन्टरले १८ खेलबाट ४५ अङ्क बनाउँदा दोस्रो स्थानमा रहेको युभेन्टसको ४० अङ्क रहेको छ । जेनोआ २० अङ्कका साथ तालिकाको १३ औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण