सिरी ए फुटबल : शीर्ष स्थानको इन्टर जेनोआसँग बराबरीमा रोकियो
शनिबार, १४ पुस २०८०, ०९ : २१

काठमाडौँ । इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको इन्टर मिलानलेजेनोआसँग अङ्क बाँडेको छ । शुक्रबार राति भएको खेलमा इन्टरले जेनोआसँग एक–एक गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो ।
इन्टरले सुरुआती अग्रता लिए पनि जोगाउन असफल रह्यो । मार्को अर्नाटोभिकले ४२ औँ मिनेटमा गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफकै अतिरिक्त सातौँ मिनेटमा जेनोआले बराबरी गोल फर्काउन सफल भयो । अल्बर्ट गुडमन्डसनको पासमा राडु ड्रागुयनले गोल गर्दै बराबरी गरेका थिए । त्यसपछि थप गोल नहुँदा दुव टिमले एक एक अङ्क बाँडे ।
अङ्क बाँडेपनि शीर्ष स्थानमा रहेको इन्टरले ५ अङ्कको अग्रता लिएको छ । इन्टरले १८ खेलबाट ४५ अङ्क बनाउँदा दोस्रो स्थानमा रहेको युभेन्टसको ४० अङ्क रहेको छ । जेनोआ २० अङ्कका साथ तालिकाको १३ औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?