बाटैबाट किन छाडियो अध्यागमनाका उपसचिव ?
काठमाडौं । नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग साँठगाँठ देखिएका एक कर्मचारीलाई प्रहरी कार्यालय ल्याउँदाल्याउँदै बाटैबाट छाडिएको पाइएको छ । सुरुमा मंसिर २७ अघि नरवीर खड्कालाई पक्राउ गर्दा अध्यागमन कार्यालयमा कार्यरत उपसचिव राम थापालाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
उनी खड़का हुन् कि थापा हुन् भन्ने चिन्न नसकेकै कारण छुटेको उच्च प्रहरी अधिकारीको दाबी छ। तर उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी कर्मचारी भने त्यसलाई स्विकार्दैनन् । समातेर ल्याउँदाल्याउँदै उपसचिव थापा बाटैबाट छुटेको हुन सक्ने भन्दै आन्तरिक रूपमा सूक्ष्म अनुसन्धान भइरहेको बताइएको छ ।
कि त हाम्रो प्रहरीले चिनेन कि त कसैको दबाब पयो, उनका बारेमा थप अनुसन्धान भइरहेको छ । ढिलोचाँडो सम्पर्कमा ल्याउनेछौं प्रहरीको उच्च स्रोतले भन्यो । यो विषयले प्रहरी संगठनभित्र पनि हलचल पैदा गरेको छ ।
भिजिट भिसा दुरुपयोगमा थापाको संलग्नता रहेन र रहेको भन्ने विषयमा त्रिभुवन विमानस्थल अध्यागमन अन्तर्राष्ट्रिय कार्यालयका प्रमुखसमेत रहेका सहसचिव गोगनबहादुर हमालले आफूलाई जानकारी नभएको बताए । यो समाचार नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरियो ट्विटरको डोमेन नाम
-
युरिक एसिड बढेपछि खान हुन्न प्रोटिनयुक्त खाना ?
-
अनलाइनमा रेस्टुराँबारे नकारात्मक रिभ्यु पोस्ट गरेपछि जेल पुगे युवा
-
कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ
-
संसदीय समितिको सभापति गुम्ने डरले मन्त्रालय विभाजन
-
बागमती प्रदेशको संसदीय समितिमा भागबण्डा, कांग्रेसलाई दुई समितिको नेतृत्व