भूकम्पपीडित बिरामी बढ्दै, स्वास्थ्य संस्थामा पाइँदैन सिटामोल पनि
जाजरकोट । त्रिपालमा बस्दै आएकी कुशे–९, चौराठाकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीको बुधबार ज्यान गयो। आर्थिक अभावले उचित उपचार नपाउँदा उनले अकालमै मृत्युवरण रोज्नुपर्यो। मंसिर १७ गते सुत्केरी भएकी उनले विपन्नताका कारण पेटभरी खाना खान नपाउने अवस्था थियो। बिहान बेलुकाको छाक टार्नै धौ–धौ भएकाले उचित उपचार पाउन सकिनन्।
‘भूकम्पले घरमा क्षति पुगेपछि गर्भवती श्रीमतीसहित त्रिपालमा बस्दै आएका थियौं’, श्रीमान् गोपे सुनारले भने, ‘सुत्केरी भएदेखि नै बिरामी थिइन्। चिसोले मुख र जीउ सुन्निएको थियो। ठीक भइहाल्ला नि १ भनेर गाउँघरकै ओखतीमूलो गर्न तिर लाग्यौं। एक्कासि यसरी प्राण जाला भन्ने ठानेका थिएनौं।’
स्वास्थ्य संस्थाहरू नाम मात्रैका भएको र त्यहाँ लगे पनि राम्रोसँग उपचार नहुने गरेको उनले गुनासो गरे। ‘अलि सुविधासम्पन्न अस्पताल लैजाने पैसा थिएन। त्यही भएर घरमै झारफुक र घरेलु उपचारमा लाग्यौं’, सुनारले भने, ‘२५ दिनको छोरा र २ वर्षको अर्को छोरालाई कसरी स्याहार्ने होला ?’ ज्याला मजदुरी गरी गुजारा चलाउँदै आएका उनले भने, ‘भूकम्पपछि काममा पनि जान पाएको छैन। घरमा खानेकुरा पनि केही छैन। मेरो त बिजोग भयो कसरी बाचूँ ?’ यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
-
इजरायलले स्टारलिङ्कको उपकरण इरानमा तस्करी गरेको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण