मन्त्रीका साथै सचिवालयमा हेरफेरको तयारी
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीका साथै आफ्ना सचिवालय समेत व्यापक हेरफेरको तयारीमा छन् । मन्त्रिपरिषद् हेरफेरअघि प्रधानमन्त्री प्रचण्डले आफ्नो सचिवालयमा जिम्मेवारी हेरफेर गर्ने बताइएको छ ।
आगामी ११ माघमा हुने राष्ट्रिय सभाको निर्वाचन र सत्तारूढ नेपाली कांग्रेसको ७ फागुनमा हुने महासमिति बैठकपश्चात् मन्त्रिपरिषद्को हेरफेर हुनेछ । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेरका लागि गरेको प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा निर्वाचन र पार्टीको महासमिति बैठकपश्चात् सहमति गर्ने जनाइसकेका छन् ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव मन्त्रिपरिषद् हेरफेरका विषयमा सहमत छन् । मन्त्रिपरिषद् हेरफेर हुँदा केही मन्त्रालयसमेत साटासाट हुने स्रोतको दाबी छ । गृह मन्त्रालय लिएको माओवादी केन्द्रले गृह छोडेर अर्थ मन्त्रालय लिँदै छ भने अर्थ मन्त्रालय लिएको कांग्रेसले गृह मन्त्रालय लिने बताइएको छ । यसमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवा दुवैको स्वार्थ मिलेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरियो ट्विटरको डोमेन नाम
-
युरिक एसिड बढेपछि खान हुन्न प्रोटिनयुक्त खाना ?
-
अनलाइनमा रेस्टुराँबारे नकारात्मक रिभ्यु पोस्ट गरेपछि जेल पुगे युवा
-
कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ
-
संसदीय समितिको सभापति गुम्ने डरले मन्त्रालय विभाजन
-
बागमती प्रदेशको संसदीय समितिमा भागबण्डा, कांग्रेसलाई दुई समितिको नेतृत्व