कारको ठक्करबाट २ जनाको मृत्यु
सोमबार, १६ पुस २०८०, १० : ५७

जानकी । बाँकेको नेपालगञ्जमा कारको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् । नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१च ३४६३ नं को कारले नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित एसके पेट्रोलपम्प नजिकै गएराति ठक्कर दिँदा नेपालगञ्ज–१३ का २४ वर्षीया आस्था शाहको मृत्यु भएको छ ।
अर्का मृतक पुरुषको भने पहिचान खुल्न नसकेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिए । दुवै जनाको उपचारको क्रममा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।
प्रहरी निरीक्षक सुवेदीका अनुसार उक्त घटनामा नेपालगञ्ज–१३ की सहाना शाह घाइते भएकी छिन् । उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । कारका दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शक्तिशाली सरकारले आम अपेक्षा विपरीत बजेट ल्यायो : सांसद पाण्डे
-
संघीय निजामती सेवा विधेयकसम्बन्धि समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस
-
अहमदावाद विमान दुर्घटनामा ज्यान गुमाएका यात्रुबाहेक ३३ जनाले पाउलान् क्षतिपूर्ति ?
-
मथुरामा घर भत्किँदा ३ जनाको मृत्यु, धेरै जना पुरिएको आशंका
-
भारतमा बेलायती फाइटर जेटको आकस्मिक अवतरण
-
बजेट प्रस्तुत गर्ने वेला कर्णालीमा सरकार र प्रतिपक्षबिच विवाद, सभा अनिश्चित