प्रकाश सपूतको नयाँ गीत ‘मुटु कटक्कै’ युट्युब ट्रेन्डिङमा
मङ्गलबार, १७ पुस २०८०, १७ : ४४
काठमाडौंँ । गायक प्रकाश सपूतले नयाँ गीत ‘मुटु कटक्कै’ सोमबार सार्वजनिक गरेका हुन् । मायामा पीडाको कथा ब्यक्त गरिको गीतले सार्वजनिक भएको २४ घन्टा नबित्दै ४ लाख ६० हजार बढी भिउज पाउँदै युट्युब ट्रेन्डिङको १० स्थानमा आएको छ ।
गीतमा शब्द तथा संगीत सपूत स्वयम्को छ भने स्वरमा उनलाई कुशल बेलबासे र प्रताप दासले साथ दिएका छन् । गीतको एरेन्ज सुदिप सागरले गरेका हुन् ।
मायामा पीडा पाउने पुरुषलाई मन बहलाउने ठाउँ हुने तर महिलालाई नहुने विषय उठान भएको गीतमा प्रकाश सपूत, कुशुम शर्मा, रोशनी कार्की, विजय पून लगायतको अभिनय छ ।
नवराज उप्रेतीको छायाँकन, प्रविन भट्टको सम्पादन रहेको गीतको भिडियो गायक सपुत आफैंले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण