प्रकाश सपूतको नयाँ गीत ‘मुटु कटक्कै’ युट्युब ट्रेन्डिङमा
मङ्गलबार, १७ पुस २०८०, १७ : ४४

काठमाडौंँ । गायक प्रकाश सपूतले नयाँ गीत ‘मुटु कटक्कै’ सोमबार सार्वजनिक गरेका हुन् । मायामा पीडाको कथा ब्यक्त गरिको गीतले सार्वजनिक भएको २४ घन्टा नबित्दै ४ लाख ६० हजार बढी भिउज पाउँदै युट्युब ट्रेन्डिङको १० स्थानमा आएको छ ।
गीतमा शब्द तथा संगीत सपूत स्वयम्को छ भने स्वरमा उनलाई कुशल बेलबासे र प्रताप दासले साथ दिएका छन् । गीतको एरेन्ज सुदिप सागरले गरेका हुन् ।
मायामा पीडा पाउने पुरुषलाई मन बहलाउने ठाउँ हुने तर महिलालाई नहुने विषय उठान भएको गीतमा प्रकाश सपूत, कुशुम शर्मा, रोशनी कार्की, विजय पून लगायतको अभिनय छ ।
नवराज उप्रेतीको छायाँकन, प्रविन भट्टको सम्पादन रहेको गीतको भिडियो गायक सपुत आफैंले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा भएको विमान दुर्घटनाको नेपालद्वारा दु:ख व्यक्त
-
कमजोरी सच्याउँदै आन्दोलन नयाँ ढंगले अघि बढ्छ : कमल थापा
-
मुग्लिन–मलेखु सडक राति बन्द गरेर स्तरोन्नति गरिने
-
कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु
-
विमान दुर्घटनाका प्रत्यक्षदर्शी भन्छन्, ‘भूकम्प आएको जस्तो महसुस भयो’
-
१४ जुनभित्र एमओयुमा हस्ताक्षर गरिसक्न सबै एनसीसीहरुलाई श्रेष्ठ नेतृत्वको एनआरएनएको आग्रह