बाहुबलीको रेकर्ड तोड्दै सलार
मुम्बई । प्रभास अभिनित ‘सलार’ले भारतको घरेलु बक्स अफिसमा ४ सय करोड भारतीय रुपैयाँ कमाउने नजिक पुगेको छ । हप्ताको मध्यमा चलचित्रको व्यापारमा कमी देखिए पनि नयाँ वर्षको छुट्टीसँगै चलचित्रको कमाइमा वृद्धि भएको छ ।
स्याकनिल्कका अनुसार चलचित्रले ११ औँ दिनमा १५.५ करोड भारु कमाएको छ । योसँगै चलचित्रले भारतमा मात्र कूल ३६०.७७ करोड भारु कमाएको छ ।
विश्वभर चलचित्रले ६३५ करोड भारु कमाएको होमेबल फिल्मसले कमाएको छ । सलार बाहुबलीले विश्वभर कमाएको ६५० करोडको रेकर्डभन्दा मात्र २५ करोड भारु टाढा रहेको छ । सलारले विजयको लियोको ६०५ करोड भारुको रेकर्ड उछिनिसकेको छ ।
चलचित्रलाई जवानले बनाएको ११ सय करोड भारुको रेकर्ड तोड्न भने कठिन हुने देखिएको छ । जवानले पहिलो हप्तामा नै ३८९.८८ करोड भारु कमाएको थियो भने सलारले ३०८ करोड भार कमाएको थियो । चलचित्रले ९०.७ करोड रुपैयाँ कमाउँदै जवानले बनाएको पहिलो दिनको कमाइको रेकर्ड भने तोडेको थियो ।
यता राजकुमार हिरानी निर्देशित कमेडी ड्रामा डंकीले पनि बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । शाहरुख खानको मुख्य भूमिका रहेको चलचित्रले १२ औँ दिनमा भारतमा ९.२५ करोड भारु कमाएको छ । चलचित्रले घरेलु बक्स अफिसमा ३८०.६० करोड कमाइसकेको छ । चलचित्रमा शाहरुख सँगै तापसी पन्नु, विक्की कौसल, बोमन इरानीलगायतको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले सात क्लस्टर विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण