जापान : कोस्टगार्डको विमानमा सवार पाँच जनाको मृत्यु
मङ्गलबार, १७ पुस २०८०, १७ : ४९
जापान । कोस्टगार्डको विमानमा सवार पाँच जनाको मृत्यु भएको जापानका यातायात मन्त्रीलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले जनाएको छ ।
सरकारी प्रसारक एनएचकेले पनि पाँच जनाको मृत्यु भएको जनाएको छ । क्याप्टेन भने भाग्न सफल भए पनि गम्भीर घाइते भएका छन् ।
सोमबार गएको शक्तिशाली भूकम्पप्रभावित क्षेत्रमा खाद्यान्न लिएर जाँदै गरेको कोस्टगार्डको विमान धावनमार्गमा अवतरण गर्ने क्रममा रहेको जापान एयरलाइन्सको विमानसँग ठोक्किएर दुर्घटना भएको थियो ।
जापान एअरलाइन्समा सवार सबै ३७९ यात्रुको भने उद्धार गरिएको छ । समाचारअनुसार अवतरणको क्रममा रहेको जापान एअरलाइन्समा भीषण आगलागी भएको थियो भने कोस्टगार्डको विमानमा ठोक्किएको हुनसक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ लाख बढीले हेरे ‘लालीबजार’, आम्दानी कति ?
-
रास्वपा महाधिवेशनमा दैनिक ९ क्विन्टलसम्म मटन खपत
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण