सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

रास्वपा महाधिवेशनमा दैनिक ९ क्विन्टलसम्म मटन खपत

सोमबार, ०८ असार २०८३, १३ : ४५
सोमबार, ०८ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा दैनिक नौ क्विन्टलसम्म मटन खपत हुने गरेको छ।
  • भरतपुरमा जारी महाधिवेशनमा तीन दिनसम्म करिब पाँच हजार जनालाई खाना तथा खाजाको व्यवस्था गरिएको छ।
  • महाधिवेशन असार ७ गते सुरु भई ९ गते सम्पन्न हुनेछ।

काठमाडौँ । चितवनको भरतपुरमा जारी रास्वपाको पहिलो महाधिवेशनमा प्रतिनिधि तथा सहभागीहरूलाई तीन दिनसम्म दियालो फुडल्याण्डले खाना तथा खाजाको व्यवस्था गरेको छ । 

दियालो फुडल्याण्ड, भरतपुर शाखासहित बुटवल र काठमाडौँ शाखासहितका कर्मचारी व्यवस्थापनमा खटिएका छन् । दियालो फुडल्याण्ड काठमाडौँ शाखाका अप्रेसन म्यानेजर प्रेम खत्रीका अनुसार काठमाडौँसहित पाँच वटा शाखाबाट जनशक्ति खटिएको छ । जसले असार ७, ८ र ९ सम्म महाधिवेशन प्रतिनिधिहरूलाई खाना र खाजा खुवाउने छ । 

aeae9f95-f766-42a2-b0b7-254bc38ccef1

‘बिहान सातदेखि ९ ब्रेकफास्ट, दिउँसो १ देखि ३ सम्म लन्च, त्यसपछि टि कुकिज र बेलुकाको डिनर भेज तय भएको छ’, खत्रीले भने, ‘प्रतिनिधि, पर्यवेक्षक र सुरक्षाकर्मीसहित झन्डै पाँच हजारको हाराहारीलाई खाना तथा खाजाको अर्डर छ ।’

उनका अनुसार बिहानको खाना मटनसहितको हुनेछ भने बेलुकाको भेज मात्र हुनेछ । 

569a6a10-ee61-4776-b1d3-a33c6554162e

‘दैनिक मटन आठ नौ क्विन्टल खपत हुन्छ’, खत्रीको भनाइ छ । असार ७ गतेबाट सुरु भएको रास्वपाको महाधिवेशन ९ गते सम्पन्न हुने कार्यतालिका छ । महाधिवेशनमा देशभरका विभिन्न जिल्ला, प्रवास, विभिन्न तहका कमिटीबाट चार हजार बढी प्रतिनिधि सहभागी छन् । पार्टीले खानाको व्यवस्था गरे पनि वासको व्यवस्था भने प्रतिनिधि आफैँले गर्नुपरेको बताएका छन् ।

bb0b5087-769a-42e2-810e-8c40c7371696

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप