पूर्वराजा शाहलाई नवलपरासीमा अभिनन्दन
नवलपरासी । पूर्वराजा ज्ञानेन्द्र शाहलाई आज नवलपरासीमा अभिनन्दन गरिएको छ । पश्चिम नवलपरासीको सरावलस्थित बर्दघाटे (कालिका) मन्दिरको दर्शन गर्न आएका शाहलाई एक कार्यक्रमकाबिच अभिनन्दन गरिएको हो ।
सोही क्रममा पूर्वराजा शाहले कालिका मन्दिरमा केहीबेर पूजा आराधना समेत गरेका थिए । त्यसपछि पूर्वराजा शाहलाई राप्रपाका केन्द्रीय उपाध्यक्ष एवम् क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य ध्रुवबहादुर प्रधान र रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरीले स्वागत गरेका थिए ।

अभिनन्दन कार्यक्रममा समर्थकहरूले ‘राजा आउ देश बचाउ’ ‘हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्दै नाराबाजी गरेका थिए । पूर्वराजा शाहलाई हेर्न बाक्लो भिड उपस्थित थियो ।कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रधानले पूर्व राजाको आगमनले यस मन्दिरको संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।
केही दिनदेखि भैरहवा र कपिलवस्तुका विभिन्न क्षेत्रमा पूर्वराजा शाहले विभिन्न कार्यक्रममा सहभागिता जनाउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण