आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले अध्यक्ष ओली र भारतीय विदेशमन्त्री जयशंकरबिच भेट

बिहीबार, १९ पुस २०८०, २० : ५१
बिहीबार, १९ पुस २०८०

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र  भारतका विदेशमन्त्री एस जयशंकरबिच शिष्टाचार भेट भएको छ । बिहीबार अध्यक्ष  ओली र  विदेशमन्त्री जयशंकरबिच द्वारिका होटलमा भेट भएको हो । 

भेटमा दुई देशबिच विद्यमान सम्बन्धबारे छलफल भएको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए । 

अध्यक्ष ओलीले भारतसँग नेपालको नजिकको सम्बन्ध रहेको बताउँदै आर्थिक विकासको बाटोमा अग्रसर नेपाललाई भारतको सहयोग अपरिहार्य भएकाले त्यसमा सघाउन अनुरोध गरे । 

“भारत नेपालको मित्र भएकाले कतिपय विषयका समस्या संवादको माध्यमबाट टुङ्ग्याउनुपर्छ,” अध्यक्ष ओलीलाई उद्धृत गर्दै विभाग प्रमुख भट्टराईले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप