दुई महिना पहिले भइसकेको थियो मलाइका–अर्जुनको ब्रेकअप
नयाँ दिल्ली । बलिउड अभिनेत्री मलाइका अरोरा र अभिनेता अर्जुन कपुरको ब्रेक–अप पछिल्ला केही महिनादेखि लगातार हेडलाइन बनिरहेको छ । दुईबिचको सम्बन्ध टुटेको अफवाह आइरहँदा दुवैले यस मामिलामा मुख खोलेका छन् । जूममा आएको एउटा खबरका अनुसार मलाईका र अर्जुनको ब्रेक अप २ महिनाअघि नै भइसकेको थियो । तर आफ्नो मायालाई अर्को मौका दिन दुवै फेरि सँगै आएको बताइएको छ ।
बिहे थियो ब्रेकअपको कारण
लामो समयदेखि यी दुईजनाबिच केही कुरालाई लिएर विवाद चलिरहेको थियो । सोही कारण दुवैले सम्बन्ध अन्त्य गर्ने फैसला पनि गरेका थिए । तर यी दुई एक अर्कासँग अलग हुन सकेनन् । ब्रेकअपको कारणबारे कयौँ अड्कलबाजी चलिरहेको छ । दुईमध्ये एक जनाको चाहना बिहे गरेर सेटल हुने थियो । तर यसका लागि अर्को चाँहि राजी नभएकोले ब्रेकअप भएको सुन्नमा आएको छ ।
मलाइकाले अर्जुनलाई अनलफलो गरेकी थिइन्
दुईको ब्रेकअप भएको अफवाह त्यतिबेला चर्चामा आयो जतिबेला मलाइकाले सामाजिक सञ्जालमा अर्जुन र उनका परिवारका सदस्यहरुलाई अनफलो गरिन् । यो अफवाहलाई गलत साबित गर्दै अर्जुन कपुरले मलाइकाको जन्मदिनमा उनीसँगको एउटा रोमान्टिक तस्बिर शेयर गरेर प्रेमिल क्याप्सन पनि लेखेका थिए । अर्जुनको यो पोष्टमा मलाइकाले कमेन्ट गर्दै ‘आई लभ यु’ भनेकी थिइन् । मलाइकासँग ब्रेकअपपछि अर्जुन इन्फ्लुएन्सर र अभिनेत्री कुशा कपालीलाई डेट गरिरहेको हल्ला चलेको थियो । कुशाले पनि यो अफवाहलाई गलत बताएकी थिइन् । अर्जुन र मलाइकाले विगत ८ वर्षदेखि एकअर्कालाई डेट गरिरहेका छन् । दुवैले सामाजिक सञ्जालमा एक अर्कासँगको फोटो शेयर गरिरहेका हुन्छन् । तर विगत केही दिनयता उनीहरुले यस्तो गर्न छाडेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण