नेपाल टेलिकमको डिजिटल मार्केटिङ एनआईटीभीले गर्ने

काठमाडौँ । नेपाल टेलिकमको बजार व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन नेपाल टेलिकम र एनआईटीभी नेपाल लिमिटेड बिच सम्झौता सम्पन्न भएको छ । नेपाल टेलिकमका सेवालाई सेवाग्राही समक्ष प्रभावकारी रुपमा पुर्याउन आवश्यक डिजिटल मार्केटिङ कार्यमा सघाउ पुर्याउनका लागि एनआईटीभी नेपालले आवश्यक भूमिका निर्वाह गर्ने कम्पनीले जनाएको हो ।
दुवै पक्षबिच कम्पनीसँग सम्बन्धित विभिन्न प्रकारका सामाजिक सञ्जाल र अन्य अनलाइन माध्यमको प्रयोग गरी सेवाग्राही समक्ष अन्तरक्रिया गर्ने र गुणस्तरीय सेवा उपलब्ध गराउने कार्यमा सहकार्य हुनेछ । सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र एनआईटीभी नेपालको तर्फबाट कार्यकारी निर्देशक राजेन्द्रप्रसाद पौडेलले हस्ताक्षर गरेका छन् ।
आगामी दिनमा कम्पनीका विभिन्न प्रकारका सेवा बारेमा अझ धेरै सेवाग्राहीसमक्ष जानकारी प्रदान गर्न र थप गुणस्तरीय सेवा पुर्याउने कार्यमा डिजिटल मार्केटिङको नयाँ टिमले महत्त्वपूर्ण नतिजा हासिल गर्न सक्षम हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवीन्द्र मिश्रमाथि लगाइयो अर्को अभियोग
-
मध्यपश्चिम विश्वविद्यालयले नियमावलीविपरीत गरेको विज्ञापन स्थगन
-
रवीन्द्रले इजलासमा भने– राज्यले मेरो निधारमा तेस्रो कालो टीका लगाइदियो
-
लेखा समितिको निर्देशनका कारण आईपीओ रोकिएका यी हुन् १२ कम्पनी (सूचीसहित)
-
भारत र पाकिस्तानबिच बढ्दो तनावप्रति नेपालको गहिरो चिन्ता
-
सरकारसँग बहुमत भएकाले ऐन कानून बनाउने उपयुक्त समय : एनपी साउँद