ट्रम्प राष्ट्रपतिको उम्मेदवार हुन पाउँछन् कि पाउँदैनन् भन्नेबारे सर्वोच्च अदालतले फैसला गर्ने
काठमाडौँ । अमेरिकी सर्वोच्च अदालतले डोनाल्ड ट्रम्प राष्ट्रपति पदका लागि उम्मेदवार हुन सक्छन् वा सक्दैनन् भन्ने विषयमा ऐतिहासिक मुद्दाको सुनुवाइ गर्ने बताएको छ ।
कोलोराडोराज्यमा सन् २०२४ मा हुने मतदानबाट ट्रम्पलाई हटाउने निर्णयविरुद्ध ट्रम्पले दायर गरेको अपिलमाथि सुनुवाइ गर्न न्यायाधीशहरू सहमत भएका हुन् । यो मुद्दाको सुनुवाइ फेब्रुअरीमा हुनेछ र यो फैसला देशव्यापी रूपमा लागू हुनेछ।
तीन वर्षअघि अमेरिकी संसद् भवनमा भएको दङ्गाका क्रममा ट्रम्प विद्रोहमा संलग्न भएको भन्दै विभिन्न राज्यमा मुद्दा दायर गरिएको छ ।
कोलोराडोको फैसला लाई अस्वीकार गर्न २७ राज्यका महान्यायाधिवक्ताहरुले अदालतलाई संक्षिप्त निवेदन दिएपछि सर्वोच्च अदालतले ट्रम्पको अपिलको सुनुवाइ गर्ने निर्णय गरेको हो ।
यसमा उनीहरूले ट्रम्पलाई मतपत्रबाट हटाउँदा व्यापक चाओ सिर्जना हुने तर्क गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो एजेन्सी
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
-
अष्ट्रेलियाका उच्च प्रतिनिधिमण्डलको नेपाल भ्रमण सम्पन्न, द्विपक्षीय सहकार्य विस्तारमा जोड
-
‘शान्तिपूर्ण समाजका लागि समुदाय-प्रहरी साझेदारी अपरिहार्य’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण