शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्प राष्ट्रपतिको उम्मेदवार हुन पाउँछन् कि पाउँदैनन् भन्नेबारे सर्वोच्च अदालतले फैसला गर्ने

शनिबार, २१ पुस २०८०, १२ : ४९
शनिबार, २१ पुस २०८०

काठमाडौँ । अमेरिकी सर्वोच्च अदालतले डोनाल्ड ट्रम्प राष्ट्रपति पदका लागि उम्मेदवार हुन सक्छन् वा सक्दैनन् भन्ने विषयमा ऐतिहासिक मुद्दाको सुनुवाइ गर्ने बताएको छ ।

कोलोराडोराज्यमा सन् २०२४ मा हुने मतदानबाट ट्रम्पलाई हटाउने निर्णयविरुद्ध ट्रम्पले दायर गरेको अपिलमाथि सुनुवाइ गर्न न्यायाधीशहरू सहमत भएका हुन् । यो मुद्दाको सुनुवाइ फेब्रुअरीमा हुनेछ र यो फैसला देशव्यापी रूपमा लागू हुनेछ।

तीन वर्षअघि अमेरिकी संसद् भवनमा भएको दङ्गाका क्रममा ट्रम्प विद्रोहमा संलग्न भएको भन्दै विभिन्न राज्यमा मुद्दा दायर गरिएको छ ।

कोलोराडोको फैसला लाई अस्वीकार गर्न २७ राज्यका महान्यायाधिवक्ताहरुले अदालतलाई संक्षिप्त निवेदन दिएपछि सर्वोच्च अदालतले ट्रम्पको अपिलको सुनुवाइ गर्ने निर्णय गरेको हो ।

यसमा उनीहरूले ट्रम्पलाई मतपत्रबाट हटाउँदा व्यापक चाओ सिर्जना हुने तर्क गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप