इन्टर मिलानलाई ५ अंकको अग्रता
काठमाडौँ । इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको इन्टर मिलानले ५ अङ्कको अग्रता बनाएको छ । शनिबार भएको खेलमा भेरोनलाई २–१ गोल अन्तरले पराजित गरेपछि ३ अङ्क थप्दै दोस्रो स्थानमा रहेको युभेन्टसलाई ५ अंकले पछि पारेको हो । इन्टरको १९ खेलबाट ४८ अङ्क भएको छ भने एक खेल कम खेलेको युभेन्टसको ४३ अङ्क रहेको छ ।
घरेलु मैदानमा इन्टरलाई जताउनका लाउतारो मार्टिनेज र डेभिड फ्राटेसीले एक एक गोल गरेका थिए । भेरोनाका लागि थोमस हेनरीले एक गोल फर्काए ।
१३ ओं मिनेटमा हेनरिक मिखितरियनको पासमा मार्टिनेजले गोल गर्दै अग्रता दिलाए । ७४ औँ मिनेटमा ओनडरेज डुडाको पासमा भेरोनाका हेनरीले गोल फर्काएपछि खेल बराबरीमा आएको थियो ।तर, दोस्रो हाफको अतिरिक्त तेस्रो मिनेटमा फ्राटेसीले गोल गर्दै २–१ ले अघि बढाए ।
अतिरिक्त समयको पाँचौं मिनेटमा भेरोना १० खेलाडीमा समेटियो । भेरोनाका डारको लाजोभिक रातो कार्ड पाउँदै मैदान छाडेका थिए ।
१० खेलाडीमा समेटिए पनि अतिरिक्त समयको १० औँ मिनेटमा भेरोनाले पेनाल्टी पाउँदा गोल गर्न असफल भयो । भेरोनाका एम डुजरिकले गरेको प्रहार विफल हुँदा अन्ततः इन्टर मिलान २–१ गोलले विजयी भयो । पराजित भएको भेरोना १९ खेलबाट १४ अंकका साथ तालिकाको १८ औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण