सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

इन्टर मिलानलाई ५ अंकको अग्रता

आइतबार, २२ पुस २०८०, ०७ : २२
आइतबार, २२ पुस २०८०

काठमाडौँ । इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको इन्टर मिलानले ५ अङ्कको अग्रता बनाएको छ । शनिबार भएको खेलमा भेरोनलाई २–१ गोल अन्तरले पराजित गरेपछि ३ अङ्क थप्दै दोस्रो स्थानमा रहेको युभेन्टसलाई ५ अंकले पछि पारेको हो । इन्टरको १९ खेलबाट ४८ अङ्क भएको छ भने एक खेल कम खेलेको युभेन्टसको ४३ अङ्क रहेको छ ।

घरेलु मैदानमा इन्टरलाई जताउनका लाउतारो मार्टिनेज  र डेभिड फ्राटेसीले एक एक गोल गरेका थिए । भेरोनाका लागि थोमस हेनरीले एक गोल फर्काए ।

१३ ओं मिनेटमा हेनरिक मिखितरियनको पासमा मार्टिनेजले गोल गर्दै अग्रता दिलाए । ७४ औँ मिनेटमा ओनडरेज डुडाको पासमा भेरोनाका हेनरीले गोल फर्काएपछि खेल बराबरीमा आएको थियो ।तर, दोस्रो हाफको अतिरिक्त तेस्रो मिनेटमा फ्राटेसीले गोल गर्दै २–१ ले अघि बढाए । 

अतिरिक्त समयको पाँचौं मिनेटमा भेरोना १० खेलाडीमा समेटियो । भेरोनाका डारको लाजोभिक रातो कार्ड पाउँदै मैदान छाडेका थिए ।

१० खेलाडीमा समेटिए पनि अतिरिक्त समयको १० औँ मिनेटमा भेरोनाले पेनाल्टी पाउँदा गोल गर्न असफल भयो । भेरोनाका एम डुजरिकले गरेको प्रहार विफल हुँदा अन्ततः इन्टर मिलान २–१ गोलले विजयी भयो । पराजित भएको भेरोना १९ खेलबाट १४ अंकका साथ तालिकाको १८ औँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप