नरैनापुरमा हात्तीपाइलेको जीवाणु परीक्षण

नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिका वडा नं ४ खोदवा गाँउमा शनिबार ३०२ जनाको हात्तीपाइले रोगको जीवाणु परीक्षण गरिएको छ । तीन सय दुई जनामा गरिएको र्यापिड डाइगोनिष्टक टेस्ट (आरडिटी)मा नरैनापुरमा हात्तीपाइले रोगको जीवाणु (माइक्रोफाइलेरिया) फेला नपरेको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख नगेन्द्र कुमार शाहले जानकारी दिएका हुन् ।
राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि इपिडिमियोलोजिकल मनिटरिङ सर्भेका क्रममा शनिबार खोदवामा आरडीटी जाँच गरिएको थियो । नरैनापुरमा पोजेटिभ नदेखिएकोले औषधि सेवन गर्नुपर्ने अवस्था नभए पनि डुडुवा गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिकामा यदि पोजेटिभ केस फेला परेको खण्डमा दुई वर्ष थप तीन वटै पालिकाका नागरिकले औषधी सेवन गर्नुपर्ने संयोजक शाहले बताए ।
हात्तीपाइले विरुद्धको औषधि सेवनमा नागरिकको बेवास्ता, लगातार औषधि नखानु र लामखुट्टेको प्रकोपका कारण निरन्तर रूपमा अभियान चलाइराख्नु परेको हो । स्वास्थ्य कार्यालयले अहिले पालिका स्तरमा स्वास्थ्यकर्मी परिचालन गरी हात्तीपाइले रोगको जीवाणु परीक्षण सुरु गरेको छ ।
यसैगरी बाँकेको कोहलपुर नगरपालिका वडा नं. ६ रझेनामा तीन सय जनामा गरिएको आरडीटीमा ४८ जनामा हात्तीपाइले रोगको जीवाणु (माइक्रोफाइलेरिया) फेला परे पछि उनीहरूको पुनः माइक्रोस्कोपिक जाँच गरिएको कोहलपुर नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक प्रेम पाण्डेले जानकारी दिए । आरडीटी जाँचमा शरीरभित्र मरेका जीवाणु भए पनि पोजेटिभ देखिने भएकाले यकिन गर्न थप जाँचका लागि रगतको नमुना सङ्कलनको गरिएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेसँगै पौडीमा रमाउँदै केटाकेटीहरू, तस्बिरहरू
-
ईसीडी एक वर्षको बनाउन शिक्षा मन्त्रालयको प्रस्ताव
-
कर्णालीको बजेट चालु वर्षकै हाराहारीमा आउने, २३ हजार बढी योजना छनोट
-
तस्बिरमा हेर्नुहोस् यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको ‘प्राइड परेड’
-
करेन्ट लगाएर माछा मार्न खोज्दा श्रीमान श्रीमतीको मृत्यु
-
बाध्य भएर सरकार र आन्दोलनकारी शिक्षकसँगको सम्झौतामा हस्ताक्षर गरेँ : शिक्षा समिति सभापति