५ जना मृतावस्थामा फेला
काठमाडौं । राजधानीसहित विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिका-९ आरूबारी बस्ने ४५ वर्षीय निमा शेर्पा आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौंकै महाराजगंजस्थित सडक छेउमा अन्दाजी ४२ वर्षीय पुरूष पनि आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी मकवानपुर, बागमती गाउँपालिका-४ झुरझुरे बस्ने ३५ वर्षीय गोपाल थिङ सोही ठाउँस्थित बागमती खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् । उक्त खोलामा माछा मार्न भनि गएका उनी घर फर्कि नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ कदुवा बस्ने ५५ वर्षीया ईन्दिरा कुमारी कार्की पनि सोही ठाउँस्थित कदुवा भञ्ज्याङ जङगलको भिर तल आइतबार मृत अवस्थामा फेला परेकी छिन् । घाँस काट्न गएकी उनी लडेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो ।
यस्तै चितवनको भरतपुर महानगरपालिका-२६ सिसवारस्थित नारायणी नदी किनारमा अन्दाजी ४५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट
-
घरजग्गा र सवारी कर्जामा उदार बनेको राष्ट्र बैंक ‘सेयर बजार’प्रति किन मौन ?
-
मन्त्रीमण्डल १० सदस्यीय बन्दै, २ महिला राज्यमन्त्री बन्ने
-
आईपीएल क्रिकेट : को हुन् हैदराबादको हौसला बढाउने यी सुन्दरी ?
-
‘सजगतापूर्ण लचिलो मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको अडान’
-
यस्तो छ ‘दान्भी’को पहिलो गीत ‘मायाको खानी’