५ जना मृतावस्थामा फेला
काठमाडौं । राजधानीसहित विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिका-९ आरूबारी बस्ने ४५ वर्षीय निमा शेर्पा आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौंकै महाराजगंजस्थित सडक छेउमा अन्दाजी ४२ वर्षीय पुरूष पनि आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी मकवानपुर, बागमती गाउँपालिका-४ झुरझुरे बस्ने ३५ वर्षीय गोपाल थिङ सोही ठाउँस्थित बागमती खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् । उक्त खोलामा माछा मार्न भनि गएका उनी घर फर्कि नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ कदुवा बस्ने ५५ वर्षीया ईन्दिरा कुमारी कार्की पनि सोही ठाउँस्थित कदुवा भञ्ज्याङ जङगलको भिर तल आइतबार मृत अवस्थामा फेला परेकी छिन् । घाँस काट्न गएकी उनी लडेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो ।
यस्तै चितवनको भरतपुर महानगरपालिका-२६ सिसवारस्थित नारायणी नदी किनारमा अन्दाजी ४५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
-
उपत्यका ट्राफिकमा गृहमन्त्रीको निरीक्षण
-
लुम्बिनी प्रदेशसभाबाट आर्थिक विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण