लघुकथा : कुलदेवता
‘आज दाइँ सकियो । धान चाहिँ घरमै पुर्याइदिनुपर्छ है !’ हातका बोराहरू खलामा राख्दै खेतधनी बोले ।
दयेँराहरू केही बोलेनन् । नबोल्नुमा लोभको रहस्य थियो ।
‘दुई किलो जति ब्वाइलर कुखुराको मासुको व्यवस्था पनि गरेको छु । खाउला नि !’
‘हस्’ एउटाले बोल्यो ।
‘धान चाहिँ सिरान तलामा नै पुर्याइदेओ है ? भकारी थापेर राखेको छ ।’
खेतधनीको आग्रहमा दयेँरा फेरि मौन रहे । मौन हुनुमा अप्ठ्यारोको रहस्य थियो । खेतधनीले नसुन्ने गरी एउटाले खुसुखुसु आवाज निकाल्यो, ‘बाहुनका तलामा... ।’
‘ब्वाइलरको सितनलाई पाँच सय रुपियाँ पनि छुट्याएको छु ।’ खेतधनीको कुरा सकिन नपाउँदै अर्को दयेँराले ‘हुन्छ’ भन्यो ।
खेतधनीले घरमा खबर पुर्याए । नाति केटाले सिरान तलाको भकारी देखाइदियो । धान थन्क्याइसकेपछि इमानदारीपूर्वक दयेँरालाई कुखुराको मासु र पाँच सय रुपियाँ दिने काम पनि भयो ।
बेलुका सुत्ने बेलामा नाति केटाले सोध्यो, ‘हजुर बा, आज सिरान तलामा कुलदेवता छैनन् है ?’
हजुरबाले नातिलाई थप्थप्याउँदै भने, ‘नकराईकन सुत् । भोलिदेखि फेरि आउँछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण