लघुकथा : कुलदेवता
‘आज दाइँ सकियो । धान चाहिँ घरमै पुर्याइदिनुपर्छ है !’ हातका बोराहरू खलामा राख्दै खेतधनी बोले ।
दयेँराहरू केही बोलेनन् । नबोल्नुमा लोभको रहस्य थियो ।
‘दुई किलो जति ब्वाइलर कुखुराको मासुको व्यवस्था पनि गरेको छु । खाउला नि !’
‘हस्’ एउटाले बोल्यो ।
‘धान चाहिँ सिरान तलामा नै पुर्याइदेओ है ? भकारी थापेर राखेको छ ।’
खेतधनीको आग्रहमा दयेँरा फेरि मौन रहे । मौन हुनुमा अप्ठ्यारोको रहस्य थियो । खेतधनीले नसुन्ने गरी एउटाले खुसुखुसु आवाज निकाल्यो, ‘बाहुनका तलामा... ।’
‘ब्वाइलरको सितनलाई पाँच सय रुपियाँ पनि छुट्याएको छु ।’ खेतधनीको कुरा सकिन नपाउँदै अर्को दयेँराले ‘हुन्छ’ भन्यो ।
खेतधनीले घरमा खबर पुर्याए । नाति केटाले सिरान तलाको भकारी देखाइदियो । धान थन्क्याइसकेपछि इमानदारीपूर्वक दयेँरालाई कुखुराको मासु र पाँच सय रुपियाँ दिने काम पनि भयो ।
बेलुका सुत्ने बेलामा नाति केटाले सोध्यो, ‘हजुर बा, आज सिरान तलामा कुलदेवता छैनन् है ?’
हजुरबाले नातिलाई थप्थप्याउँदै भने, ‘नकराईकन सुत् । भोलिदेखि फेरि आउँछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण